प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५
शिबराज पन्थी
३ फागुन गढवा । विद्यालयको नवौं बार्षिकोत्सव समारोहमा उपस्थित अभिभावक र अतिथीहरुको ध्यान विद्यार्थीले बनाएका विज्ञान सामाग्री तर्फ मोडिएको थियो ।
शुभतारा बोर्डीङ स्कूल गढवाका बिद्यार्थी सुदिक्षा सिंहले बिद्यालयको बार्षिकोत्सव समारोहमा विद्युत्तिय हेलिकप्टर वनाएर देखाइरहदा अभिभावक र अतिथीहरु एक तमासले बनेर हेरीरहेको पाइन्थ्यो ।
निकै मेहनतका साथ करिव १ हप्ता लगाएर बनाएको हेलिकप्टर ब्याट्रीबाट उडाएर देखाउन पाउँदा सुदिक्षा मात्र होइन सबै विद्यार्थी र विद्यालयका शिक्षकहरु समेत उमंगित भएको झझल्को पाइन्थ्यो ।
उता सोहि विद्यालयमा अध्ययनरत विद्यार्थी शिष्टता चालिसेले आफुहरुले बनाएका बिज्ञान प्रदर्शनीमा सजाएर राखीएका सामाग्रीहरुको बारेमा अभिभावकहरुलाई ब्रिफिङ गरिरहेकी थिइन ।
बिद्यालयमा पढ्दै गर्दा जेसीवि बनाएर बिद्यालयको बार्षिकोत्सव समारोहमा उपस्थित अभिभावकलाइ देखाउन पाउँदा सानीया कौशल पनि उत्तिकै हर्षित थिइन् भने हेण्डपम्प बनाएर विद्युत्तिय सिष्टमबाट जमिनको पानी तानेर देखाउन पाउँदा अर्का विद्यार्थी सगुन चौधरी पनि प्रफुल्लीत देखिन्थे । प्रसंग हो गढवा स्थित शुभतारा बोर्डिङ स्कूलको नवौं बार्षिकोत्सव तथा अभिभावक दिवसको ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा भएको नवौं बार्षिकोत्सव तथा अभिभावक दिवसमा बर्षभरीको पठन पाठन र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बर्ष उत्कृष्ट शिक्षकको रुपमा दिनेश चौधरीलाई सम्मान गरिएको थियो भने उत्कृष्ट अभिभावक रेवतीप्रसाद आचार्य र शान्ती चौधरीलाई सम्मान गरिएको थियो । समारोहमा विद्यालयका प्रिन्सीपल बिकाश रजौरेले संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा स्याप्सन दाङका अध्यक्ष रेशमबहादुर बुढा, जनता माध्यमिक विद्याmलय गढवाका प्रधानाध्यापक रामसुरत यादव, ज्ञानज्योति बोर्डिङ स्कूलका प्रिन्सीपल शसिराम वली र अभिभावक शान्ती चौधरी लगायतले बोल्नु भएको थियो ।
विद्यालयका शिक्षक शुरेस हमालको स्वागत मन्तब्यबाट सुरु भएको बार्षिकोत्सव समारोहको संचालन शिक्षक मधुवावु थापाले गर्नुभएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij