मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सावधान ! यी ७ संकेतमा लुकेको छ गंभिर समस्या, बेवास्ता नगरौ

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • छालामा सानोतिनो समस्या आउनु ठूलो कुरा होइन। तर, कहिले कहिँ हामीले सामन्य सोचेका यस्ता समस्याले गंभिर समस्या निम्त्याउन सक्छ। त्यसैले छालाको यि ७ संकेत, जसलाई हल्का रुपमा लिनु हुन्न।

    डन्डिफोर
    अनुहारमा डन्डिफोर छ भने त्यसले पेट सम्बन्धि कुनै समस्या भएको संकेत गर्छ। साथै यसले शरीरमा हर्मोनको गडबडी भएको पनि जनाउ दिन्छ। यो समस्या बढ्नसाथ तुरुन्तै चिकित्सककहाँ देखाउनु पर्छ।

    सेतो वा पहेंलो दाग
    छालामा कहिले कहिं सेतो वा पहेंलो दाग देखिन सक्छ। यसले शरीरमा कोलेस्ट्रोल बढ्ने संकेत हुन्छ। यसले हृदय रोगको समेत संकेत गर्छ।

    आँखी भौं पातलो हुनु
    आँखी भौं कसैको बाक्लो हुन्छ, कसैको पातलो । यो खासै अस्वभाविक होइन। तर, अचानक आँखी भौं पातलिदै गएको छ भने सतर्क हुनैपर्छ। किनभने यसले थाइराइडको संकेत गर्छ।

    नङमा कालो दाग
    नङमा कालो दाग देखा पर्‍यो भने निकै सतर्क हुनुपर्छ । चाहे त्यो हातको नङमा होस् वा खुट्टाको। यस्तो दागले क्यान्सरको संकेत गर्छ।

    सुन्निनु
    खास कारण बिना नै अनुहार सुन्नियो भने सजगता अपनाउनु पर्छ । किनभने यसले धेरैथरी रोगको संकेत गर्छ। जस्तो कि, हाइपोथाइराइड, एनीमिया, एन्जियोएडिमा । मृगौलाको समस्यमा पनि यस्तो संकेत देखिन्छ।

    दाह्री पातलिनु
    अक्सर यसबारे हामीलाई हेक्का हुँदैन । तर, हाम्रो दाह्रीको रौं पनि कहिलेकहिं अस्वभाविक रुपले पातलिदै जान्छ। यसले हाइपो थाइराइडको संकेत गर्छ।

    ओंठ फुट्नु
    ओंठ फुट्नु सामन्य हो । खासगरी चिसो मौसममा ओंठ फुट्ने समस्या देखापर्छ । तर, लामो समयसम्म ओंठ फुट्यो भने त्यो समस्या हो । यसले शरीरमा भिटामिन बि र सिको कमी भएको संकेत गर्छ।

    रुखो छाला
    सबैको छाला एकनास हुदैन । कसैको सुख्खा हुन्छ भने, कसैको तैलिय। तर, लामो समयसम्म छाला सुख्खा हुन्छ भने मधुमेह वा थाइराइडको संकेत हुनसक्छ।

    एलर्जी
    छालाको सरसफाई भएन भने त्यसमा ब्याक्टेरिया पैदा हुन्छ। छाला चिलाउँछ। तर, लामो समयसम्म यस्तो समस्या रहेमा त्यसले मधुमेहको संकेत गर्छ । साथै, थाइराइडको पनि।

    काखीको कालोपन
    काखीको छाला सामन्यत केहि कालो हुन्छ। तर, अचानक यो धेरै कालो भएमा त्यसले पनि थाइराइड र मधुमेहको संकेत गर्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij