मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

रसुवामा निरन्तर भारी वर्षा र हिमपात

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५



  • x'Dnfdf lxdkft x'Dnfdf ;f]daf/ /fltb]lv lxdkft x'Fbf hghLjg si6s/ aGb} uPsf] . ;b/d'sfd l;dsf]6df cfjthfjt ug{ ;d:of ePsf] 5 . w]/}h;f] k;n Joj;fo aGb /x]sf 5g . xjfO{ ;]jf;d]t aGb /x]sf] 5 . t:jL/ M bfg] af]x/f x'Dnf, -/f;;_

    रसुवा । यहाँको हिमाली भेकमा गएरातिदेखि परेको वर्षासँगै उत्तरी क्षेत्रमा पुनः हिमपात भएको छ । तीन हजार उचाइसम्म हिमपात भएकाले ग्रामीण जनजीवनमा चिसोले प्रभावित भएको छ ।

    गत पुस ८ गतेदेखि फाटफुट्टरूपमा भइरहेको वर्षाले जमीनको चिसो यथेष्ट बढ्न जाँदा हिउँदेबाली भने उत्पादनमा सन्तुलन आउने स्थानीय कृषकले बताएका छन् । स्थानीय ज्येष्ठ नागरिक एवं समाजसेवी सोनामसाङ्मो तामाङले भने छ वर्षको दौरानमा यस वर्ष धुञ्चेभन्दा तलसम्म नै हिमपातले जमीन छोपेका कारण हिउँदेबालीका लागि वैशाखको पहिलो र दोस्रो सातासम्म चिसोपन बस्ने आँकलन गरिएको बताए ।

    गत पुसमा एक हजार ६०० मिटरको भू–भागसम्म हिमपात भए पनि पछिल्लो समय हिमरेखा माथि सर्दै जाँदा यही फागुन १५ गतेदेखि चिसोपन क्रमशः हट्दै जाने अनुभव रहेको स्थानीयवासीले बताए ।

    हिमपातबाट हुने चिसोको असर न्यूनीकरण गर्न गाउँका विपन्न व्यक्तिलाई जिल्ला विपद् व्यवस्थापन समितिद्वारा न्यानो कपडा कम्बल वितरणले ग्रामीण समुदायमा निकै राहत मिलेको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताए। विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार हिमपात शुरू भएलगत्तै स्थानीय तहले विपन्न हो भनी उपलब्ध गराएको सूचीका आधारबाट पुस महीनामा १८० थान न्यानो कपडा कम्बल वितरण गरिएको हो ।

    ग्रामीण बस्तीमा परेको हिमपातले बालक तथा जेष्ठ नागरिकलाई बढी प्रभावित तुल्याएको थियो । युवा भने हिउँमा खेलेर रमाएका थिए । हिमपात निरन्तर भएकाले समुन्द्री सहतदेखि १४ हजार १००, फिट अर्थात् चार हजार ३८० मिटर उचाइमा अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्ड निरन्तर जाने तीर्थयात्रु र पर्यटक प्रभावित भएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij