प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५
काठमाडौं । आलु त तरकारीको राजा नै हो। यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन्। तर तपाईंलाई थाहा छ ? आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ नि।
आलुको बोक्रामा भएका कैयौं तत्व स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । यसमा भएको फाइबर र अन्य पोषक तत्वले आलुलाई स्वस्थकर बनाउने हो । नभए त आलु आफैंमा साधारण खानेकुरा हो ।
यसका अरू फाइदा जानिराखौं :
१ रोगप्रतिरोधक क्षमता बढाउने
आलुको बोक्रामा अत्यधिक मात्रामा भिटामिन सी पाइन्छ जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
२ तौल घटाउने
हुन त आलु मात्र खानुभयो भने तौल बढ्छ तर बोक्रासमेत खानुभयो भने चाहिँ तौल कम हुन्छ । बोक्रामा कम मात्रामा फ्याट हुन्छ जसले तौल घटाउँछ ।
३ क्यान्सरबाट बचाउँछ
आलुको बोक्रामा फाइटोकेमिकल हुन्छ जसले क्यान्सरबाट बचाउँछ । यसका अलावा यसमा भएको एसिडले क्यान्सरको सम्भावना घटाउँछ।
४ कोलेस्ट्रोल घटाउँछ
शरीरमा खराब कोलेस्ट्रोल बढ्यो भने मुटुरोग लाग्छ । आलुको बोक्रामा भएको फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राख्छ।
५ छाला डढ्दा लाभदायक
छाला डढ्दा आलुको बोक्रा दल्नुभयो भने धेरै आराम हुन्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij