प्रकाशित मिति : शनिबार, फाल्गुन ४, २०७५
काठमाडौं । शनिबार राति काठमाडौमा भुकम्पको धक्का महसुस भएको छ। राति ८ बजेर ३४ मिनेटमा ४ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
काठमाडौंको दक्षिणक्षेत्रलाई केन्द्र विन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाडौंमा गएको भुकम्पको धक्का आसपासका क्षेत्रमा समेत महसुस भएको छ । भुकम्प्को धक्का महसुस भएपछि मानिसहरु त्रसित बनेका थिए । सामाजिक सञ्जालमा भुकम्प को धक्का महसुस भएको धेरैले उल्लेख गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij