प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ।
आज आइतबार छापावाल सुन प्रतितोला ६२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ६२ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भईरहेको छ। काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij