आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाेल्नुस जनताहरू ! पशुपति शर्माकाे गित गलत नै थियाे र ? सेयर गराै

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ । गीत भाइरल भएपछि नेकपासम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो । कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् । शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् । शनिबार साँझ उनले गीत युट्युवबाट हटाएर फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको बताएका छन् ।

    ‘मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु’ शर्माले भनेका छन् । उनको गीतमा ठूला नेताले भ्रष्टाचार गरे पनि कार्यकर्ता बोल्न नसकेको, वाइड बडी खरिदमा भएको भ्रष्टाचार, सुनकाण्डलगायतका विषयमा पनि उनले सरकारलाई ब्यंग्य गरेका छन् । पशुपतिले सो गीत आफ्नो अकाउन्टबाट हटाए पनि गीतका फ्यानहरूले बिभिन्न युट्युब पेजमा यो गीत अपलोड गरेर सेयर गरिरहेका छन् भने फेसबुक र ट्वीटरमा समेत यो गीत पुनः अपलोड र सेयर गर्ने अभियान नै चलाइएको छ ।

    पढ्नुहोस् पशुपति शर्माको स्टाटस
    आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

    सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

    सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्व हरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुन: प्रष्ट पार्न चाहन्छु । अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुन: लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोहोर्‍याउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij