मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

ओखरका यस्ता फाइदा, थाहाँ पाउनुभयो भने तपाई हुनुहुनेछ चकित

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५



  • ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ, जसले मस्तिष्कलाई स्वस्थ्य राख्न सघाउँछ । साथै यसले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा अधिक मात्रामा पोषक तत्व पाइन्छ । त्यसो त ओखरको तेल छाला र केसलाई मुलायम एवं चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।

    के पाइन्छ ओखरमा ?

    ओखरमा सोडियम कम र कालोस्टर पनि पटक्कै हुँदैन । यसमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि-६, बि-१२, सि, डि, इ र के पाइन्छ । यो प्रोटिनको पनि राम्रो स्रोत हो । यसका साथै क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर प्रचुर मात्रामा पाइन्छ । यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो ।

    – प्रोटिन- यसले मांशपेशी बढाउन सहयोग गर्छ । एक सय ग्राम ओखरमा १५ ग्राम प्रोटिन हुन्छ ।
    – भिटामिन डि यसले क्याल्सियम ग्रहण गर्न सहयोग गर्छ । हड्डीका लागि क्याल्सियम एकदमै जरुरी हुन्छ ।

    – फोलेट वा फालिक एसिड यसले मस्तिष्कलाई स्वस्थ्य राख्छ ।
    – ओमेगा ३ फ्याटी एसिड मुटुलाई स्वस्थ्य राख्नका लागि सहयोगी हुन्छ ।

    मस्तिष्कको लागि

    प्रकृतिमा केहि यस्ता चिज हुन्छन्, जसको आकर, रंग र सुगन्धमा त्यसमा रहेको गुण लुकेको हुन्छ । जस्तो कि ओखरको सेप हाम्रो मस्तिष्क जस्तै हुन्छ । र, यसको सेवनले मस्तिष्कलाई स्वस्थ्य राख्छ । खासगरी विद्यार्थी बर्गले मस्तिष्क तेज, चुस्त राख्न, स्मरण शक्ति बढाउन नियमित रुपमा ओखर सेवन गर्न सक्छन् ।

    ओखरमा केहि शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थि्र फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।

    मुटुलाई स्वस्थ्य

    बिहान र मध्यन्ह दुई वटा ओखर चपाएर खानुपर्छ, जसले कोलोस्ट्रोर नियन्त्रण गर्छ । हृदय रोग लाग्नबाट बचाउँछ ।
    ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछ । तौल नियन्त्रणका लागि पनि ओखर सहि हुन्छ।

    नियमित रुपले दुई वटा ओखर महसँग मिसाएर सेवन गर्नाले मस्तिष्क स्वस्थ्य हुन्छ । साथै स्मृति क्षमता पनि बढ्छ । स्ट्रोकको भयबाट बचाउँछ ।
    दुई वटा ओखर, एउटा बदाम बिहान-बेलुकी मनतातो दुधसँग सेवन गर्दा कमजोरी हट्छ ।

    महिनावरीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ, ठीक हुन्छ ।
    रुँघा खोकीको उपचारमा समेत ओखर उपयोगी हुन्छ । ओखरलाई हल्का भुटेर महसँग सेवन गर्नुपर्छ, खोकी ठिक हुन्छ ।

    ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।तातो दुधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ ।मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij