प्रकाशित मिति : आइतवार, फाल्गुन ५, २०७५
मधु पौडेल, बाँके २०७५-११-४
नेल्टा बाकेको सहजीकरण र प्याब्सन नगरको समन्वयमा २५ बढी विभिन्न माबी बिधालयका शिक्षकहरु लाई अभिमुखिकरण शिक्षा तालिम केन्द्र भैरहवाको आयोजनामा आज बाट सुरु गरिएको छ सो तालिमको सभापति नेल्टा बाकेका अध्यक्ष होमराज खड्का प्रमुख अतिथि नेपालगन्ज प्याब्सनका नगर अध्यक्ष बिकास बज्राचार्य , अतिथि मोर्डन पब्लिक स्कुलका प्राचार्य खड्ग बहादुर बोहरा, प्याब्सन नेपालगन्जका सचिब मान बहादुर थापा, नेल्टा बाकेका उपाध्यक्ष तर्क खत्री र सचिब कमल घर्ती र नेल्टाका सन्जिब सिङनलले स्वागत मन्तव्य राखेका थिए अतिथी खड्ग बहादुर बोहराले यस्ता तालिमले शिक्षकलाई अपडेट बनाउछ ।
तालिम निकै जरुरी भएको र जो यो तालिम छ यसले हाम्रा शिक्षकले यसलाई आफ्नो बिधालय मा लागू गर्नु हुनेछ र यो तालिमको शुभकामना दिएका थिए। प्रमुख अतिथी प्याब्सन नगर अध्यक्षले यो तालिमका बारेमा र नगर प्याब्सनले नगरमा विभिन्न उपलब्धि मुलक कार्यक्रम गर्दै आएको र यो तालिमका लागि आफुले कसरी सहकार्य गरेको बारेमा जानकारी दिएका थिए यो तालिमले शिक्षकहरुलाई मात्र नभैइ बिधालयलाई नै फाईदा हुने उनले बताए । सो औपचारिक कार्यक्रमको संचालन नेल्टाका सहसचिव हेमन्त राज काफलेले गरेका थिए भनी नेल्टाका सचिब कमल घर्तीले जानकारी दिए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij