मङ्लबार, भदौ २, २०८३ | Tuesday 18th August 2026

अनुहारमा दाग छ ? यस्ता छन् २ मिनेट मै हटाएर अनुहार चम्काउने घरेलु उपाय

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ६, २०७५



  • दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ ।

    –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ ।
    –दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै दल्ने र केही समय त्यसै छोडेर सुकेपछि मनतातो पानीले धुने गर्नुपर्छ।

    –घ्यूकुमारीमा छालासम्बन्धी अनेक समस्या समाधान गर्ने गुण हुन्छ । यसका लागि अनुहारमा घ्यूकुमारी दलेर सुक्न दिई धुने गर्नुपर्छ । यसले छालालाई म्वइस्चराइज गर्न पनि मद्दत पु¥याउँछ ।
    –बदामलाई रातभरि भिजाउने र बिहान उठी यसको पेस्ट बनाई यसमा चन्दनको पाउडर मिसाएर बनाएको पेस्ट अनुहारमा दल्ने गर्नाले अनुहारका दाग बिस्तारै हराउँदै जान्छन् ।

    –आलुलाई स्लाइस पारी काट्ने । यसलाई दाग भएको ठाउँमा दली सुक्न दिने र मनतातो पानीले धुने गर्नाले दाग हराउँदै जान्छ ।
    –आलुको पेस्ट बनाई यसमा मह मिसाएर अनुहारमा दली केही समय त्यसै छोडेर धुने गर्नाले अनुहारको दाग हराउँछ ।

    –बेसारमा काँचो दूध र कागतीको रस मिसाई दाग भएको ठाउँमा लगाएर केही मिनेट त्यसै छोडी मनतातो पानीले पखाल्नुपर्छ ।
    –पाकेको मेवाको भित्री भागलाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले अनुहारको दाग हराउँदै जानुका साथै अनुहार चम्किलो बन्दै जान्छ ।

    –प्याजको रसले कटनको टुक्रा भिजाई दाग भएको ठाउँमा दल्ने र केही समयपछि धुने गर्नुपर्छ । साथै, एक चम्चा प्याजको रसमा दुई चम्चा मह मिसाई अनुहारमा दलेर २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।

    –भुइँकटहरको जुसमा कपास डुबाई अनुहारमा दल्ने र २० मिनेटपछि पखाल्ने गर्नाले दाग हराउँदै जान्छ ।
    –ओखरलाई कुटेर त्यसमा दही र केही थोपा बदामको तेल हाल्नुहोस् । यसलाई अनुहारमा लगाउनुहोस् । यसले छालामा चमक ल्याउँछ ।

    –तपाईंको छाला एकदमै तैलीय छ भने अन्डा र गहुँको पिठोको प्याक लगाउनुहोस् । यसले छालाको तेललाई नियन्त्रण गर्छ ।
    –हरेक रात सुत्नुअघि अनुहारमा जैतुनको तेल लगाउनुस् । यसले अनुहारलाई नरम बनाउँछ । यसले छालामा जमेको कालो दाग कम गर्न पनि मद्दत पु¥याउँछ।

    –केरा, मौसम, अन्डाको प्याकले अनुहारमा भएका दागहरू हटाउन मद्दत गर्छ ।
    –गोलभेँडा, कागती र अन्डाको प्याक लगाउनाले डन्डीफोर, कालो धब्बा हट्नुका साथै छालामा चमक पनि आउँछ ।
    –गोलभेँडा, कागती र महको प्याक लगाउनाले अनुहार चम्किलो हुन्छ।

    –घामले डढेर कालो भएको छालामा काँचो दूधले मसाज गर्दा फाइदा हुन्छ।
    –खैरो चिनी, कागती र नरिवलको तेल मिसाई मसाज गर्नाले सनबर्नको असर कम गर्न सकिन्छ।

    –काँक्रोको पेस्ट, मुल्तानी माटो र रोज वाटरको प्याक बनाएर लगाउँदा अनुहारमा चमक आउँछ।
    —एक चम्चा नुनमा आधा चम्चा खाने सोडा र एक चम्चा मह राखेर घोल्ने र त्यसले अनुहारमा मसाज गर्ने यसबाट पनि अनुहारको छालामा चमक आउँछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोड भन्दा बढीको चोरीपैठारी निकासी लगायतका अवैध सामान पक्राउ
    बुटवलमा अबैध रूपमा भित्रीएका ८२ लाखभन्दा बढी मुल्यका जुत्ता–चप्पल पक्राउ
    मृतक मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध
    ७७ वटै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा, घरमै राहदानी र शैक्षिक प्रमाणपत्र
    रोल्पाको आकस्मिक बाढी सडक खन्दा थुप्रिएको माटो र वर्षाका कारण आएको प्राधिकरणको निष्कर्ष
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै, सत्ता समीकरणअनुसार सरकार विस्तारको तयारी
    थारु समुदायको गुरिया पर्व मनाउँदै
    नागपञ्चमीको अवसरमा नागपोखरीमा भक्तजनको घुइँचो
    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij