मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

एन्टिबायोटिक्सको दुष्प्रभावबाट कसरी जोगिने ? यी उपाय अपनाउनुस

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ६, २०७५



  • सकेसम्म एन्टिबायोटिक औषधी सेवन नगर्नु राम्रो हो । यसले हाम्रो भित्री अंगहरुमा नराम्ररी असर पुर्‍याउँछ। यद्यपी कहिले कहिं एन्टिबायोटिक खानै पर्ने हुनसक्छ । कतिले त अज्ञानताबस् पनि एन्टिबायोटिक खाइदिन्छन्।

    एन्टिबायोटिकको साइड इफेक्ट धेरै छ । सामान्यत पेट फूल्नु, पेट गडबडी हुनु, उल्टी हुनु, पिशाबमा इन्फेक्सन, एलर्जिक रियाक्सन यसको सेवनबाट हुने दुष्प्रभाव हुन् । तर, केहि यस्ता काइदा छन्, जसले एन्टिबायोटिकको दुष्प्रभाव क मगर्न सकिन्छ । कसरी ?

    प्रोबायोटिक योगर्ट

    एन्टिबायोटिक्सको सेवनले डायसिरयाको समस्या हुन्छ । यसबाट बच्नका लागि एन्टिबायोटिक्स कोर्सका दौरान आफ्नो खानामा गुड ब्याक्टेरियायुक्त दही समावेश गरौं । यसबाट शरीरर्लाइ डायरियाबाट रिकभर हुन मद्दत मिल्छ । प्रोबायोटिक योगर्टमा भएका ब्याक्टेरियाले हाम्रो आन्द्रामा सुरक्षा पत्रको निर्माण गर्छ र हानिकारक ब्याक्टेरियाका कारण एकत्रित भएका विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

    सन् २०११ मा प्रकाशित एक अध्ययन अनुसार एन्टिबायोटिक्सका कारण हुने डायरिया रोक्न प्रोबायोटिक्स अत्यन्त प्रभावकारी हुन्छ । त्यसैले एन्टिबायोटिक्सको कोर्सका दौरान वा कोर्स समाप्त भएपछि करिब एक मिहनासम्म प्रोबायोटिक्स योगर्ट खानु उचित हुन्छ । यदि चाहने हो भने डाक्टरको सल्लाह लिएर प्रोबायोटिक सप्लीमेन्ट्स पनि लिन सकिन्छ ।

    लाभदायक लसुन

    लसुन एक प्रकारको प्राकृतिक एन्टिबायोटिक हो जसले शरीरलाई कुनै प्रकारको नोक्सानी नपुर्‍याइकन हानिकारक किटाणुहरुलाई नष्ट गरिदिन्छ । यसका अलावा यसमा एलिसिन नामक तत्व पाइन्छ जसले एन्टिबायोटिक्स सेवनबाट मिर्गौला र कलोजोलाई हुने क्षतिबाट सुरक्षा प्रदान गर्छ । त्यसैले खानामा लसुन समावेश गर्नु राम्रो हुन्छ ।

    मिल्क थिसल सप्लिमेन्ट्स

    एन्टिबायोटिक्सले कलेजोलाई हानी पुर्‍याउन सक्छ । यस्तोमा कलेजोलाई जोगाउन मिल्क थिसल नामक जडिबुटी फाइदाजनक हुन्छ । यस जडिबुटीमा रहेको एन्टिअक्सिडेट्सले कलेजोको रक्षा गर्छ । यस जडिबुटीमा सिलिबिनिन नामक तत्व पाइन्छ, जसले शरीरलाई डिटाक्सिफाई गर्न पनि सहयोग पुर्‍याउँछ । बजारमा मिल्क थिसलका सप्लिमेन्ट्स लिक्वड, क्याप्सुल आदी रुपहरुमा उपलब्ध छन् । डाक्टरको सल्लाह लिएर यसको सही डोज लिनुपर्छ ।

    अदुवाको चिया

    यदि एन्टिबायोटिक्सको सेवनबाट उल्टी आउने समस्या भयो भने अदुवाको चियाले फाइदा पुर्‍याउँन सक्छ । अदूवामा रहने नेचुरल एन्टिबायोटिक्सले हानिकारक ब्याक्टेरियाका कारण उत्पन्न हुने स्वास्थ्यसम्वन्धि समस्यालाई हटाउँछ ।

    ताजा अदुवामा एन्टिबायोटिक गुण पाइन्छ जसलाई खाँदा प्याथोजेनिक ब्याक्टेरिया सम्वन्धि बिमारीहरुसँग लड्नमा मद्दत गर्छ । दिनमा तीन पटक अदुवाको चिया पिउनुस । अदुवाको चिया बनाउनका लागि एक इन्च लामो अदुवा र्लाइ डेढ कप पानीमा १० मिनेटसम्म उमाल्नुस । त्यसपछि त्यसर्लाइ छानेर कागतिको रस हालेर पिउनुपर्छ ।

    सादा खाना

    एन्टिबायोटिक्सले हानिकारक ब्याक्टेरियाका साथसाथै लाभप्रद ब्याक्टेरियालाई पनि मार्छ । यस्तोमा यदि तपाईं अत्इिधिक मसलादार, गुलियो वा कार्बोहाइड्रेटयुक्त भारी खाना खाने हो भने डायरिया र वान्ता हुने सम्भावना बढेर जान्छ ।

    यसबाट बच्नका लागि एन्टिबायोटिक्सको कोर्सका क्रममा वा त्यसको केही दिनपछि कम तेल-मसलावाला सादा खाना खानुपर्छ । यस्तो खाना सजिलै पच्छ जसले पाचनतन्त्रमा बढि जोड पर्दैन । परिमाणामस्वरुप शरीरर्लाइ कडा एन्टिबायोटिक औषधिबाट रिकभर हुन मद्दत मिल्छ ।

    एप्पल साइडर भिनेगर टनिक

    एप्पल साइडर भिनेगर टनिकमा एन्टिब्याक्टेरियल गुण हुन्छ, जसले शरीरमा मौजुद हानिकारक ब्याक्टेरियासँग लड्न सहयोग गर्छ । यसबाट डायरियालाई नियन्त्रणमा लिन पनि मद्दत मिल्छ । यसका लागि एक गिलासमा एक वा दुई चम्चा एप्पल साइडर भिनेगर मिलाएर पिउनुपर्छ । दिनमा दुईपटक यसो गर्नुस । पक्कै फाइदा मिल्नेछ ।

    पानी र तरल पदार्थ

    कडा औषधिको सेवनले मुख सुक्न थाल्छ र डाइरियाका कारण शरीरमा पानीको कमि प नि हुन्छ । यस समस्याबाट छुट्कारा पाउन हरेक दिन यथेष्ट मात्रामा पानी पिउनुपर्छ । पानीमा चीनी वा नून हालेर पिउन सकिन्छ । यसका अलावा फलफुल र सागपातका जून पिउँदा फाइदा मिल्छ । तर, चिया, कफी, सोडा, कोल्ड डि्रंकका साथै अल्कोहलबाट टाढा रहनुपर्छ ।

    स्वस्थकर जीवनशैली

    हल्काफुल्का कसरत गरौ । तनावबाट टाढा रहनुस । आनन्दले निदाउनुपर्छ । धुम्रपान आदि लतबाट पर रहनुपर्छ ।

    एन्टिबायोटिक्सको सही कोर्स

    एन्टिबायोटिक्सले सहीरुपमा काम गर्नका लागि सही डोज लिनु अति आवश्यक छ । किनकी कोर्सको सुरुवातमा एन्टिबायोटिक्सले सबैभन्दा कमजोर ब्याक्टेरियालाई मार्छ ।

    औषधि सही तवरले नखाँदा वा अलिकति सञ्चो हुनासाथै कोर्सको बीचमै औषधि छाडिदिँदा बलिया ब्याक्टेरिया जिवित रहन्छन् । यसबाट फेरि इन्फेक्सन हुन सक्छ । त्यसैले चिकित्सकको सल्लाहबमोजिम नै एन्टिवायोटिकका कोर्स पुरा गरौ । र, सबैभन्दा महत्वपूर्ण कुरा, चिकित्सकको सल्लाह बेगर कुनै एन्टिबायोटिक्स सेवन नगरौं ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij