प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५
आज मिति २०७५ साल फागुन ७ गते मंगलबार तदनुसार इस्वी सन २०१९ फरवरी १९ तारीख प्रस्तुत छ आजको राशिफलः
मेष
भाग्यले साथ दिनेछ । सबै प्रयासहरु सफल हुनेछन् । मान प्रतिष्ठा बढ्नेछ । घरमा खुशी छाउनेछ । सामाजिक कार्यक्रममा सहभागी भइनेछ । आत्मविश्वास बढ्नेछ ।
वृष
प्रतिस्पर्धीहरुले खुट्टा तान्ने प्रयास गर्नेछन् । बोली तथा व्यवहारमा नियन्त्रण गर्नुपर्ने समय छ । आज नयाँ काम सुरु नगर्नु उचित हुनेछ । प्रतिष्ठित व्यक्तिहरुसंग सम्बन्ध स्थापित हुनेछ ।
मिथुन
सामाजिक तथा राजनीतिक क्षेत्रमा आफ्नो स्थान बनाउन सकिनेछ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्ने समय छ । जीवनसाथीसंग मतभेद सिर्जना हुनेछ । खर्च बढ्नेछ ।
कर्कट
आज आर्थिक निर्णय नगर्नु उचित हुनेछ । अविवाहितहरुका लागि नयाँ सम्बन्ध स्थापित हुनेछ । स्वास्थ्यमा गडबड हुनेछ । व्यवसायिक र पारिवारिक जीवन बीच सन्तुलन कायम राख्नुपर्नेछ ।
सिंह
भाग्य र कर्मको मेलले गर्दा आज सफलता प्राप्त हुनेछ । प्रतियोगिताहरुमा विजय हासिल गरिनेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । सन्तानबाट सन्तुष्टि मिल्नेछ ।
कन्या
आर्थिक पक्षमा समस्या उत्पन्न हुनेछ । साथीहरुबाट अपेक्षा अनुसारको सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा गडबड हुनेछ । पारिवारिक स्थिति सामान्य रहनेछ ।
तुला
शत्रु पराजित हुनेछन् । मुद्दा मामिला या विवादमा जित आफ्नो हुनेछ । नोकरीमा प्रगति हुनेछ । शुभ समाचार प्राप्त हुनेछ । मनमा उत्साह बढ्नेछ ।
वृश्चिक
विगतको कुनै कुराले सताउनेछ । व्यवसायमा सोंचे अनुसार सफलता मिल्नेछैन । परिवारका सदस्यसंग मतभेद उत्पन्न हुनेछ । वादविवादबाट टाढा रहनु उचित हुनेछ ।
धनु
कार्यस्थलमा कुनै बहस हुनेछ । आज लिइने कुनै गलत निर्णयले भविष्यमा पछुतो बनाउनेछ । वैदेशिक व्यापारमा सफलता मिल्नेछ । पारिवारिक जीवन सामान्य रहनेछ ।
मकर
लामो दूरीको रमाइलो यात्रा हुनेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । स्वास्थ्य राम्रो रहनेछ । मनमा शान्ती मिल्नेछ । प्रेमसम्बन्ध सुमधुर रहनेछ ।
कुम्भ
रिस नियन्त्रण गर्नुपर्ने समय छ । आर्थिक तनाव हुनेछ । आज कुनै पनि ठूलो निर्णय नलिनु राम्रो रहनेछ । सन्तानका कारण चिन्ता बढ्न सक्नेछ।
मीन
मान प्रतिष्ठा मिल्नेछ । कडा मिहिनेत गर्नुपर्नेछ । शुभ समाचार प्राप्त हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । परिवारका सदस्यसंग मतभेद उत्पन्न हुन सक्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij