प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५
हाम्रो आफ्नै बानीव्यवहारले आफ्नो दाँत बिगारिरहेका छौँ । खान हुने/नहुने सबै खान्छौँ । खाना खाइसकेपछि बिहान–साँझ दाँत माझ्दैनौँ । हाम्रा यी र यस्ता धेरै बानी छन्, जसले हाम्रो सौन्दर्य झल्काउने दाँत बिग्रिरहेको छ ।
कडा र जमेको आइस चपाउँदा दाँत भाँचिन सक्छ ।
धेरै तातो वा चिसो खानेकुराले पनि दाँत दुखाउन सक्छ ।
निदाएका वेला दाह्रा किट्ने बानीले पनि चाँडै दाँत
बिग्रन सक्छ ।
गर्मी मौसममा खाइने चिसो कोक, फ्यान्टा, स्प्राइटलगायतका बोतलको बिर्को दाँतले खोल्ने बानीले पनि दाँत बिगार्छ । यसरी दाँतले बिर्को खोल्दा दाँत भाँचिने सम्भावना हुन्छ ।
गुलियो पदार्थ मिसिएका सबै प्रकारका पदार्थले दाँत बिगार्छ ।
जतिवेला पनि जे पायो त्यही कुरा खाने बानीले पनि हाम्रो दाँत बिग्रन्छ ।
लामो समय चिसो पेय पदार्थ पिउने मानिसको पनि दाँत बिग्रने चिकित्सकहरूले
बताएका छन् ।
पढाइ गर्दा कलम, पेन्सिल टोक्ने बानी धेरैको हुन्छ । यस्तै साह्रो चिज टोक्ने बानी पनि धेरैको हुन्छ । यस्तो बानीले पनि हाम्रो दाँत बिग्रन्छ ।
अत्यधिक मात्रामा वाइन पिउने बानी छ भने आजैदेखि कम गर्नुहोस् । वाइनमा हुने एसिडले दाँतको इनामेल खियाउँदा हुने स–साना प्वालले दाँतमा दाग बस्ने र कुरूप देखिने हुन्छ ।
कतिपय मानिसमा अत्यधिक मिठाई खाने बानी हुन्छ । यसरी मिठाई खाँदा यसमा भएको गुलियोले दाँत बिगार्छ ।
अत्यधिक चुरोट तथा सुर्तीजन्य पदार्थको सेवनले दाँतमा दाग बस्ने मात्रै होइन, दाँत झर्ने र गिजासम्बन्धी विभिन्न रोग पनि लाग्न सक्छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij