मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

तौल घटाउने नाममा नगर्नुहोस् यी ७ गल्ती

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • जिरो क्यालोरी डाइट
    शरिरको फ्याट खर्च गर्न शरिरलाई असंतृप्त फ्याटको आवश्यक पर्छ। तौल घटाउने नाममा तपाईं कृत्रिम गुलियो र पेय पदार्थ पिउन सक्नुहुन्छ। जुन तपार्इंको स्वास्थ्यको लागिहानिकारक हुन सक्छ।

    औषधी तथा पिल्स

    सजिलै तौल घटाउन कहिल्यकाहिँ हामीले औषधी तथा पिल्स खाने गर्छौ । तर, यसले तपाईको स्वास्थ्यमा गम्भीर हानी गर्छ । सन्तुलित भोजन र व्यायामसँगै पूरक पोषणयुक्त खानेकुरा पनि शरिरलाई आवश्यक पर्छ ।

    खाना छोड्ने

    तौल घटाउँछु भनेर लामो समय भोकभोकै बस्नु बेकार छ । यसले तपार्इंको मेटाबोलिजमलाई सुस्त बनाउनुका साथै शरिर आलस्य हुने र बिरामी बनाउँछ ।

    जबर्जस्ती वान्ता गर्ने

    केही व्यक्तिले आफूले मन लागेको खानेकुरा खाएर आफ्नो भोक मेटेपछि केही बेरमै जवरजस्ती मुखमा औंलाकोचारेर वान्ता गरी क्यालोरी फालेको पनि पाइन्छ । यसले व्यक्तिमा गम्भीर मनोवैज्ञानिक असर पर्न सक्छ र झनै खन्चुवा स्वभावको बनाउँछ ।

    पखलालाग्ने औषधि

    पाचनपक्रियामा गडबढी गरी बारम्बार शौचालयजाने विधि धेरैले प्रयोग गरेका हुन्छ । तर औषधीको प्रयोगले पाचन प्रणालीलाई कम्जोर पार्नुका साथै पेटसँग सम्बन्धितअन्य समस्याउत्पन्नहुन सक्छ ।

    धुमपान

    कोहीकोहीले भोक दबाउन धुमपान गर्ने गर्छन् । धुमपानले दिमागको संकेतलाई अबरोध गरी भोक मार्ने गर्छ । त्यहीभएर चुरोट खाने अधिकांश व्यक्तिलाई खाना छोडे पनि खासै अशर पर्दैन । तर, लामो समयसम्म यस्तो गर्दा शरिरलाई हानी गर्नुका साथै क्यान्सरको जोखिम बढ्छ ।

    अत्यधिक व्यायम

    अत्यधिक व्यायायमको परिणामले शरिरलाई घाइते बनाउछ । किनकी अत्यधिक व्यायमले मुटुमा अशर गर्न सक्छ । बरु हल्का दौडने, तौल घटाउने तालिम गर्दा शरिरलाई फाइदा हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij