मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

शरीरका बिकार पदार्थ हटाउन खानुस् यी खानेकुरा

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ७, २०७५



  • अस्वास्थ्यकर खानपिन, रहनसहन आदिका कारण शरीरमा जम्मा हुने विकारले विभिन्न रोग निम्त्याउँछ । शरीरलाई विकारहित बनाउन अथवा शरीरमा विकारको मात्रा कम गर्न बिभिन्न प्रकारका खाना खाने गर्नु उपयुक्त हुन्छ ।

    कागती :
    बिहान खाली पेटमा मनतातो पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाई खाने गर्नुपर्छ ।

    दही :

    खानासँग दिनहुँ एक कचौरा दही खाने बानी बसाल्नुपर्छ । दहीमा एन्टिअक्सिडेन्टनामक तत्व हुन्छ । यसमा क्याल्सियम र भिटामिन पनि प्रशस्त मात्रामा हुन्छन् ।

    ग्रिन टी :

    बिहान एक कप र दिउँसो एक कप ग्रिन टी पिउने गरेमा शरीर विकाररहित तत्व हटाउन मद्दत गर्छ र रगतमा चिनीको मात्रा नियन्त्रित गर्न पनि मद्दत पुग्छ ।

    आलस :

    आलसमा पाइने फाइवरले आन्द्रालाई सफा गर्छ । साथै, यसमा ओमेगा–३ नामक तैलीय पदार्थ पनि पाइन्छ, जुन शरीरका लागि ज्यादै उपयोगी हुन्छ । पुरुषभन्दा पनि महिलाका लागि आलस उपयुक्त हुन्छ । किनकि, यसले महिलाको शरीरमा पाइने एस्ट्रोजनको मात्रा बढाउँछ ।

    गहुँको जमरा :

    गहुँको जमरामा पाइने तत्वले एसिडिटी कम गर्ने, शरीरलाई विकाररहित बनाउने र कलेजोलाई स्वस्थ राख्ने गर्छ । साथै यसले रगत शुद्ध गर्ने, रक्तचापलाई नियन्त्रित राख्ने गर्छ ।

    अदुवा :

    अदुवाले शरीरका विकार दिसापिसाबमार्फत बाहिर फाल्न र कलेजोलाई स्वस्थ राख्न मद्दत गर्छ । त्यसैले हरेकपटक खानासँग एक टुक्रा अदुवा खाने गर्नाले फाइदाजनक हुन्छ ।

    धनियाँ :

    धनियाँले खानालाई सुगन्धित बनाउने काममात्र गर्दैन । खानपिनका कारण शरीरमा जम्मा भएका विकारलाई हटाउन मद्दत गर्छ । धनियाँको नियमित सेवन गर्नाले मिर्गौला स्वस्थ हुने, महिनावारीका बेला पेट सुनिने समस्या कम हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij