मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सिसहनिया उद्योग बाणिज्य संघमा करदात अभिमुखीकरण कार्यक्रम

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • तिर्थराज ज्ञवाली
    ७ फागुन, सिसहनिया(दाङ)

    सिसहनिया उद्योग बाणिज्य संघले आफ्ना ब्यापारी तथा उद्योगी बर्गको हितकालागि १ दिने करदात अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

    सिसहनिया उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीको अध्यक्षता आन्तरिक कर कार्यालय तुल्सीपुरका प्रमुख लिला प्रसाद शर्माको प्रमुख आथित्थ्यतामा सिसहनिया उद्योग बाणिज्य संघका कार्यसमिति एवं साधारण सदस्यहरुलाई करका बारेमा आईपर्ने बिबिध समस्या समाधानका लागि कर कार्यालयका कर विज्ञहरुबाट जानकारी गराईएको छ ।

    नियमीत कर, आकस्मकि कर, अन्त शूलक, राजश्व, ब्यापार कर, मदिरा कर, ब्यवसाय अनुसारको कर, भुलचुक कर, छली कर लगाएत दैनिक कारोवारमा आईपरेका करका विभिन्न समस्या तथा समाधानका विषयमा १ दिने करदात अभिमुखीकरण कार्यक्रम जानकारी गरिएको सिसहनिया उद्योग बाणिज्य संघका महासचिव ईश्वरी अधिकारीले जानकारी गराउनुभएको छ ।

    सिसहनिया उद्योग बाणिज्य संघको अभियान अन्तरगत आफ्नो मातहतमा आवद्ध ब्यापारीहरु नियममा बाधिएर असल कारोवार गर्ने गराउने उदेश्य अनुसार सिसहनिया उद्योग बाणिज्य संघले १ दिने करदात अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सचिव मदन पोख्रेलले जानकारी दिनुभएको छ ।

    ब्यापारीको हक हितको लागी १ दिने करदात अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको र यस कार्यक्रमले पक्कैपनि ब्यापारीहरुलाई आगामी दिनमा करको अल्झन तथा समस्या समाधानमा सहयोग पुगेको अध्यक्ष शान्तराज भण्डारीले बताउनु भएको छ ।

    कार्यक्रममा पुर्व अध्यक्ष पुर्णबहादुर विसिले ईमान्दारी पुर्वक ब्यापार गर्दा सहजता मात्रनभै पुरस्कार समेत प्राप्त गर्न सकिने बताउनु भएको छ । कार्यक्रममा आन्तरिक कर कार्यालयका प्रमुख लिला प्रसाद शर्माले ब्यापार असल नियतका साथ गर्न साथै असल करदाता बनि पुरस्कृतहुन समेत सहभागी ब्यापारीहरुलाई अनुरोध समेत गर्नुभएको छ ।


    सिसहनिया उद्योग बाणिज्य संघको आयोजनामा आयोजीत १ दिने करदात अभिमुखीकरण कार्यक्रमको प्रावीधिक सहयोग आन्तरिक कर कार्यालय तुल्सीपुरले गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij