मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुन्दर छालाका लागि खानुहोस् यी आयोडिनयुक्त ९ खाना

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • आयोडिन छालाका लागि जरुरी मिनरल हो। यो थाइराइड हर्मोन उत्पादनका लागि महत्वपूर्ण मिनरल मानिन्छ। यसको कमीले शारीरिक तथा मानसिक विकासमा बाधा उत्पन्न हुनसक्छ। आयोडिनको कमीले गलगाँड आउने पनि हुन्छ। त्यसैले सरकारले सुपथ मूल्यमा आयोडिनयुक्त नुन वितरण गर्दै आएको छ। आयोडिनको अर्को फाइदा कमैलाई थाहा होला। आयोडिनले छाला सुन्दर गराउन पनि मद्धत गर्छ। त्यसैले आयोडिनयुक्त खाना खानुपर्छ।

    १) आयोडिनयुक्त नुन
    ढिके नुनमा आयोडिनको मात्रा अत्यन्तै न्यून हुन्छ । त्यसैले आयोडिनयुक्त धूलो नुन सेवन गर्नुपर्छ।

    २) समुद्री तरकारी
    समुद्री क्षेत्रमा उत्पादन हुने फलफूल, तरकारी र अनाजमा आयोडिनको मात्रा प्रशस्त हुन्छ।

    ३) पोलेको आलु
    सबै प्रकारका आलुमा केहीमात्रामा आयोडिन पाइने भएपनि पोलेको आलुमा आयोडिनको मात्रा बढी हुन्छ । एक मध्यम अाकारको पाेलेको आलुमा ६० माइक्रोग्राम सम्म आयोडिन पाउन सकिन्छ।

    ४) दूध
    दूधमा क्याल्सियम र भिटामिन मात्र पाइन्छ भन्ने आमधारणा छ । तर दूधमा आयोडिन पनि पाउन सकिन्छ । एक कप दूधमा ५६ माइक्रोग्रामसम्म आयोडिन पाउन सकिन्छ।

    ५) बिरे नुन
    यसलाई हिमालयन क्रिस्टल नुन, ग्रे साल्ट, कालो नुन पनि भनिन्छ । सबै प्रकारका नुनमा आयोडिन पाइने भएपनि बिरे नुनमा अरुमा भन्दा बढी आयोडिन पाइन्छ।

    ६) समुद्री माछा
    समुद्री माछामा आयोडिन प्रशस्त पाइन्छ । यसबाहेक समुद्री माछामा ओमेगा थ्री, फ्याटी एसिड, फोलेट, पोटासियम, भिटामिन र्इ पनि भरपूर मात्रामा पाइन्छ।

    ७) क्रेनबेरीज
    गाढा रङ क्रेनबेरीजमा आयोडिनका साथै भिटामिन सी, के, बी, फाइबर पनि प्रशस्त पाउन सकिन्छ । यसमा एन्टिअक्सिडेन्टसमेत पाउन सकिन्छ । यो फलमा सुगरको मात्रा पनि प्रशस्त हुन्छ।

    ८) सिमी
    सिमीमा पनि आयोडिनको मात्रा प्रशस्त हुन्छ । यसमा प्रोटिन, तामा, फोलेट, क्याल्सियम, फाइबर पनि पाउन सकिन्छ।

    ९) उमालेको अण्डा
    एउटा उमालेको अण्डामा १२ माइक्रोग्रामसम्म आयोडिन पाउन सकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij