मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अम्बाका यी १२ फाइदा, थाहा पाउनुभयो भने हुनुहुनेछ अचम्मित

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ८, २०७५



  • मध्य अमेरिकामा उत्पन्न भएको विश्वास गरिएको अम्बा नेपालमा प्राय : वर्षायामपछि पाइन्छ । अम्बा पोषणको ‘पावरहाउस’ हो, जसमा भिटामिन सी, लिसोपिन र एन्टिअक्सिडेन्टको मात्रा अत्यधिक हुन्छ । अद्धितीय स्वाद र फाइबरयुक्त यस फलले स्वास्थ्यमा अत्यधिक फाइदा हुन्छ भने छालाका लागि फाइदाजनक हुन्छ । अम्बामा पाइने फोलेट र खनिज तत्वले प्रजनन क्षमता वृद्धि हुन्छ । अम्बामा पाइने पोटासियमले रक्तचापलाई सामान्य गर्न सहयोग गर्न । केरा र अम्बामा उत्तिकै मात्रामा पोटासियम पाइन्छ । यसमा ८० प्रतिशत पानीको मात्रा हुने भएकाले छालालाई हाइड्रेट गर्न सहयोग गर्छ ।

    अम्बाका यी फाइदा

    रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ– अम्बामा भिटामिन सीको मात्रा अत्यधिक हुन्छ । यसमा सुन्तलामा भन्दा चार गुणा बढी भिटामिन सी पाइन्छ । यसले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्नुका साथै सामान्य संक्रमणबाट बचाउँछ ।

    १. डायबिटिज मैत्री– फाइबर बढी पाइने र ग्लाइसिमिक इन्डेक्स न्यून हुने भएकाले अम्बाले मधुमेहको विकास हुन दिदैंन । फाइबरले सुगर लेभल नियमित गर्ने सुनिश्चित गर्छ ।

    २. क्यान्सरको खतरा घटाउछ– अम्बामा पाइने लिसोपिन, क्वेर्सिटिन, भिटामिन र अन्य पोलिफेनल तत्वहरु एन्टिअक्सिडेन्टको काम गर्छन्, जसले शरीरमा उत्पन्न हुने तत्वलाई रोक्छ, जसले क्यान्सरका कोष बढ्न दिँदैंन ।

    ३. कब्जियतको उपचार गर्छ– यो फाइबरको प्रमुख स्रोत हो । एउटा अम्बाले मानिसलाई दिनभरिमा चाहिने फाइबरको १२ प्रतिशत पूर्ति गर्छ । यसको बियाँ पूरै चपाउनाले उत्कृष्ट ल्याक्सेटिभ (मुलायम गर्ने तत्व) को काम गर्छ ।

    ४. आँखाको दृष्टिमा सुधार ल्याउँछ– भिटामिन ए पाइने भएकाले यसले नेत्र स्वास्थ्यका लागि राम्रो गर्छ । यस्तै, मोतिविन्दुलाई ढिला गर्छ ।

    ५. तौल घटाउन सहयोगी– यसमा हुने प्रोटिन, भिटामिन र फाइबरले तौल घटाउनका साथै मोटाबोलिजम नियमन गर्न सहयोग गर्छ । यसमा स्याउ, सुन्तला, अंगुरको तुलनामा कम सुगर हुन्छ ।

    ६. खोकी र चिसोको उपचार– अन्य फलफुलभन्दा यसमा भिटामिन सी र आइरन बढी पाइन्छ, जसले चिसो र भाइरल इन्फेक्सन रोकथाम गर्छ ।

    ७. छाला चाउरिन दिँदैंन– भिटामिन ए, भिटामिन सी र क्यारोटिन र लिसोपिनजस्ता एन्टीअक्सिडेन्ट पाइने भकाले यसले छाला चाउरिन दिँदैंन ।

    अम्बाका अन्य फाइदा

    ८. दिमाग बढाउन उपयोगी
    ९. दाँतका किटाणु मार्छ र संक्रमणविरुद्ध लड्छ
    १०. गर्भका बेला उपयोगी
    ११. अनुहारमा चमक ल्याउछ
    १२. मुटुका लागि स्वस्थकर

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij