प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५
आज मिति २०७५ साल फागुन ९ गते । इश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । शकसंवत् १९४०, विरोधकृत् संवत्सर, उत्तरायण । शिशिर ऋतु, नेपाल संवत् ११३९ सिल्लागा, फाल्गुण कृष्णपक्ष, द्वितीया तिथि बिहीबार ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
गलत व्यक्तिको संगत हुनसक्छ सतर्क रहनु होला । विवादबाट टाढा बसेर काम गर्नु होला । दुविधमा नपरि कार्य योजना अगाडि बढाउनु होला । साझेदारी काममा हात नहाल्नु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । शैक्षिक क्षेत्र कमजोर देखिन्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन र श्रम धेरै लगानी हुनेछ तर उपलब्धि कम हात लाग्नेछ । कुन मार्ग हिड्ने भन्ने अन्योलता बढ्नेछ । उत्साहा उमङ्ग घट्नेछ। व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन। मनमा अशान्ति बढ्नेछ । घरयासी खर्च बढ्नेछ । भौतिका सुखानुभूति कम हुनेछ। मिथ्या आरोप लाग्न सक्छ । सहयोग खासै पाईने छैन।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
उपलब्धिको संरक्षण गर्ने तिर जोड दिनुहोला। काम गर्न ढिला सुस्ति गरेमा सोचे जस्तो उपलब्धि हात पार्न सकिन छैन । अपरान्हबाट समयले साथ कम दिनेछ । पारिवारिक समस्या बढ्ने छन् । व्यवसायिक गतिविधि कम हुनेछन्। आन्तरिक कुरा कसैलाई नखोल्नु होला। आर्थिक कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भ्रम मुक्त भएर कर्म क्षेत्रमा लाग्नु होला । सानो हेलचक्र्याईले धेरै क्षति हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । ज्ञान नभएका तत् तत् विषय बस्तुमा ऋण लगानी नगर्नु होला डुबिनेछ । मध्यान्ह पछि समयले बढि साथ दिनेछ । अपुरा,अधुरा काम अगाडि बढ्ने छन् । कार्य क्षमता बढ्नेछ । आम्दानी बढ्नेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पूर्वाद्ध जति उत्तराद्र्ध अनुकुल देखिन्न । कर्ममा जोड दिनु होला । सवैलाई आफ्ना ठानेर काम गर्दा दुख पाउन सकिन्छ । व्यापारमा,व्यवसायमा सामान्य उतार चढाव आउनेछ तर अन्तिममा केहि फाइदा हुनेछ । समयमा काम गर्ने कोशिस गर्नु होला पछि गर्छु भनेर राख्नु भयो भने उपलब्धि हिड्नेछ । खर्च वृद्धिको सम्भावना देखिन्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मध्यान्ह सम्म समयले साथ दिने देखिन्न । नयाँ कार्य योजनाहरु अगाडि नबढाउनु होला । व्यापार व्यवसायबाट आम्दानी भन्दा खर्च बढि हुनेछ । रिस,क्रोध र अहंकारलाई नियन्त्रण गर्नु होला । मिथ्या आरोप लाग्न सक्छ सतर्क रहनुहोला । अपरान्हबाट समयले साथ दिनेछ । रोकिएका काम अगाडि बढ्ने छन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कुनै काम गर्नु छ भने मध्यान्ह पूर्व गर्नु होला । आफन्तको सहयोग र सल्लाहामा काम गर्दा केहि सहजता हुनेछ । कामबाट उचित प्रतिफल निस्कनेछ । संचित धन बढ्नेछ । अपरान्ह देखि समय प्रतिकुल हुनेछ । अन्तिम चरणमा पुगेका काम रोकिने छन् । फजुल खर्च बढ्नेछ । व्यापारमा गिरावट आउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहास,धैर्यता र पराक्रम बढ्नेछ । विगतमा गर्न नसकेका काम हुनेछन् । भाग्यले साथ दिनेछ । विगतमा असहयोग गर्ने सहयोगको हात फैलाउन पछि पर्ने छैनन । काम सरल तरिकाबाट बन्नेछन् । आफ्नो काम सम्पन्न गर्न आफै सक्षम हुनुहुनेछ । गएका ठाँउमा मान सम्मान पाईनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
पूर्वान्ह समय कमजोर नै देखिन्छ । अपरान्हबाट समयले पूर्ण साथ दिनेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । कार्य लगनशिलता बढ्नेछ । भाग्यले थोरै साथ दिने देखिन्छ । परिवारिक सन्तुष्टि कम मिल्नेछ । विवादमा नफस्नु होला । धर्म कर्म तिर मन जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दया माया कसैले गर्ने छैनन । समयले साथ कम दिनेछ । सोचाई र काम गराईको तलमेल मिल्ने छैन । अहार विहारमा ध्यान दिनु होला । मानसिक चिन्ताले छाड्ने छैन । व्यापारमा आएको मन्दि कायम रहनेछ । आफन्तमा विवाद पर्ला । कामको वीचमा दुख दिने धेरै हुनसक्छन् सतर्क रहनु होला । अपरान्ह पछि समयमा सामान्य सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
मध्यान्ह सम्म समय सामान्य अनुकुल देखिन्छ । अरुको भर नपरि काम गर्नु होला गरेका काम प्राय सफल हुनेछन् । विदेश यात्राको सम्भावना बढि नै देखिन्छ । ढिला सुस्ति गर्दा उपलब्धि गुम्नेछ । व्यापार व्यवसायबाट आँशिक लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । कुनै पनि क्षेत्रमा हेलचक्र्याई गरेर काम नगर्नु होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
दिन पूर्वाद्ध भन्दा अपरान्हको समय बढि अनुकुल हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । खेलाडीको लागि दिन अनुकुल हुनसक्छ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ काम,नयाँ भूमिका मिल्नेछ । आम्दानीका नयाँ क्षेत्र देखा पर्ने छन् । काम गर्दा गोपनियता भङ्ग नगर्नु होला आफैलाइै घाटा हुनेछ । यात्राको योग देखिन्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij