आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्नै हजुरबाले गरे विष खुवाएर ७ वर्षीया नातिनीको हत्या

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई विष खुवाएर मारेको आरोपमा मृतकका हजुरबुबा र हजुरआमालाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरा रहेका छन । मृतककी आमा ज्योति डगौराले किटानी जाहेरी दिएपछि दुवैलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।

    गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेपछि उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए।

    बालिकाकी हजुरआमा रेशमीले नातिनीसँग रिस उठेपछि बजारबाट तरकारीमा छर्किने विषादी भातमा हालेर खान दिएको र आफूबाट गम्भीर गल्ती भएको बयान प्रहरीलाई दिएकी छन्।

    तरकारीमा छर्किने विषादीका कारण बालिकाको मृत्यु भएको रेशमीले प्रारम्भिक बयानका क्रममा बताएको इप्रका झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए। “विषादीको बट्टासमेत घरबाटै बरामद गरेका छौँ”, उनले भने।

    मृतक बालिकाको रगतको नमूना विज्ञान विधि प्रयोगशालामा परीक्षणका लागि यसअघिनै पठाइसकिएको उनले बताए। दुवै जनामाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ।

    विद्यालयमा तोडफोड

    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहामा रहेको अनुपम एजुकेशनल एकेडमीमा बुधबार दिउँसो छिरेकी एक महिलाले तोडफोड गरेकी छिन्।

    छयालीस वर्षीया चम्फा विष्टले विद्यालयको कार्यालय कक्षमा तोडफोड गर्दा रु चार लाख बढीको क्षति भएको छ । विद्यालयको कार्यालय कक्षमा राखिएका दुई थान कम्प्युटर, प्रिन्टर, दराज, ल्यापटप, साउण्ड सिस्टम, खेलकूदका सामग्री, प्रयोगशालाका सामग्री, कुर्सी र टेबल तोडफोड गरेको विद्यालय सञ्चालक मदनराज जोशीले बताए।

    महिलाले विद्यालय रहेको जग्गा मेरो रहेको भन्दै कार्यालय कक्षमा छिरेर तोडफोड गरेको जोशीले बताए। उनले भने, “पहिला विद्यालयमा पढने विद्यार्थीको अभिभावक होला भनेर सोचेका थियौँ, केही गुनासो राख्न आउनुभएको होला भनेर कुरा सुन्यौँ । विद्यालय रहेको जग्गा नै आफ्नो भएको दाबी गर्दै तोडफोड गर्न थालेपछि प्रहरी बोलाएर नियन्त्रणमा राख्न लगाएका छौँ ।”

    विद्यालयमा तोडफोड गर्ने महिलालाई हिरासतमा राखेर अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक अवस्थीले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij