मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

महमा लुकेका यी १० आश्चर्यजनक फाइदा : जानी राखौँ

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ९, २०७५



  • मह एक गुलियो र चिल्लोपन भएको अर्ध तरल पदार्थ हो । जुन मौरी द्वारा बिरुवाको फुलको रसबाट तयार गरिएको हुन्छ र आहारको रूपमा संग्रह गरिएको हुन्छ । मह गुलियो हुनुको मुख्य कारण ग्लूकोज र एकल ग्लूकोज फ्रक्टोज हो । महको स्वाद थाहा नपाउने मानिस कमै होलान् ।

    महको उचित मात्रामा सेवन नगर्दा यसको फाइदा भन्दा बेफाइदा नै बढी हुनसक्छ । महको प्रयोग विभिन्न रोग निवारणमा प्रभावकारी मानिन्छ । महको नियमित सेवन गरेमा यौन क्षमता बढाउनुका साथै यौन क्षमतालाई बचाइराख्न पनि मद्दत गर्छ । अल्सरका रोगीले नियमित महको सेवन गर्दा यस समस्याबाट सजिलै आराम पाउन सकिन्छ ।

    खानामा रुची बढाउन, खोकी, कब्जियतजस्ता रोग निको पार्न मह निकै उपयोगी मानिन्छ । यसको साथै महले व्यक्तिको स्मरण शक्ति बढाउँछ । महको सेवन गर्नुपर्ने यी १० आश्चर्यजनक फाइदाहरू पनि जानी राखौँ ।

    १- रगत सफा गर्ने अर्थात् रगत शुद्धिको लागि महको सेवन गर्नुपर्दछ ।

    २- महमा भिटामिन ए, बी, सी, आयरन, क्याल्शियम, सोडियम, फास्फोरस, आयोडिन पाईन्छ । दिनहुँ महको सेवनले शरीरमा शक्ति, स्फूर्ति र ताजापन ल्याउनुको साथै रोगहरूसँग लड्ने शक्ति बढाउँछ ।

    ३- महको सेवनले कफ एवम् अस्थमा को समस्याबाट छुटकारा दिन्छ । अदुवाको रसमा महलाई मिलाएर खाँदा खोकीबाट आराम मिल्छ ।

    ४- उच्च रक्तचापलाई नियन्त्रण गर्न महको सेवन निकै उपयोगी हुन्छ ।

    ५- मुटुलाई बलियो राख्न, हृदयले सन्तुलित रुपमा कार्य गर्न र हृदय सम्बन्धि रोगहरूबाट बचाउनको लागि प्रतिदिन महको सेवन गर्नु राम्रो मानिन्छ ।

    ६- दिनहुँ महको सेवन गर्दा स्वास्थ्यमा सुधार आउने र मस्तिष्क सम्बन्धित कुनै पनि कमजोरीलाई हटाउँछ ।

    ७- अनुहारको चाउरीपन र डन्डीफोर हटाउन महको सेवन निकै लाभदायक हुन्छ । तपाईले गुलाब जल, कागती र मह मिलाएर अनुहारमा लगाउन सक्नुहुन्छ ।

    ८- गर्मीमा दिनहुँ पानीको साथमा महको सेवन गर्दा पेट हल्का रहन्छ ।

    ९- पाकेको आँपको रसमा मह मिलाएर खाँदा जन्डिसको समस्याबाट छुटकारा मिल्छ ।

    १०- अनुहारको सौन्दर्य बढाउनको लागि मह, क्रिम र बेसन लगाउनुहोस । यसले अनुहारमा सुन्दरता बढ्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij