प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५
आजको राशिफल
आज मिति ः–२०७५-११-१० गते शुक्रवार,तदनुसार २२ फेब्रुवरी २०१९ फाल्गुन कृष्ण पक्ष तृतीया तिथि दिवा १५ : ११ वजे सम्म । आजको नक्षत्र हस्ता राति २९ : ०५ बजे सम्म ।
कपिलदेव सुवेदी उप–प्रा. नेपालसंस्कृत विश्वविद्यालय सिद्धान्त ज्यौतिषाचार्य,वास्तु तथा फलितविद् ज्यौतिष परामर्श केन्द्र वेष्टर्न डेभलोपमेन्ट बैक संग सटेको घरमा बिजौरी,दाङ भेटने समय ः– विहान ०६—०९ः३० दिवा ०२—०६ ९८४७८२२७११,९८४७८३३६२३
मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) आकस्मिक धनप्राप्तिको योग छ । आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) मेहनतसाथ गरेको काम सफल हुनेछ । यात्रा अर्थपूर्ण हुने छ । धनआर्जनको योग बनेको छ । उपहार प्राप्त हुने छ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । प्रेममा सफल हुने दिनछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) परिवारबाट सहयोग मल्निेछ । कर्म प्राप्त हुनेछ । आज नयाँ कामको थालनि हुने दिन छ । व्यवसायमा सफलता मिल्ने । शिक्षा क्षेत्र सफल रहने छ । मेहनतसाथ गरेको काम सफल हुनेछ । विद्यार्थी तथा जागिर गर्ने हरुकालागि आजको दिन फलदायी हुने देखिन्छ ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
यात्राको योग छ । आकस्मिक धनलाभ हुने दिन छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । प्रेममा सफल हुने योगछ । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ । व्यवसाय राम्रो रहला ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
घाँटिको समस्या आउनेछ । मनमा असन्तोष बढने छ । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला । अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) स्वास्थ्य राम्रो रहनेछ । सत्कार तथा मान सम्मान प्राप्त हुने छ । पारिवारीक सुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
धनक्षय हुने दिन छ । प्रियजन संग बिछोड, शारीरिक समस्याले मनमा चिन्ता, आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । अनावश्यक यात्राहरु हुनेछन् । व्यवसायमा घाटा होला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पराक्रम बढनुका साथै श्रीवृद्धि हुने छ । कामहरु बन्दै जानेछन । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
मनले चिताएको काममा सफलता मिल्ने योग छ । रोकिएका कामहरु पुराहुनेछन् । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) यात्राको अवसर प्राप्त हुनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । मन खिन्न रहने छ । सन्तानसंग मतभेद हुनेछ । यात्राको अवसर प्राप्त हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । बाहनबाट सुख मिल्ने छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । पत्नी तथा प्रेमीकाबाट सहयोग मिल्ने छ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छ ।आज नयाँ कामको थालनि गर्दा राम्रो हुनेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij