प्रकाशित मिति : शुक्रबार, फाल्गुन १०, २०७५
काठमाडौं । महानगरीय प्रहरी वृत्त बालाजुले एक महिनाभित्र ७ वटा जुवा अड्डामा छापा मारेको छ ।
सो अभियान अन्तर्गत ७ वटै जुवा अड्डाबाट झण्डै ५ लाख २८ हजार ५ सय ३५ रूपैयाँ, १६ गड्डी तासबुक र ४ महिला सहित ४२ जनालाई पक्राउ गरिसकेको छ ।
महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख प्रहरी नायव उपरीक्षक बालनरसिंह राणाले जुवा तास खेल्ने र खेलाउने दुवैलाई प्रक्राउ गरी कानुनी कार्यबाहीका लागि मुद्दा चलाइसकिएको बताउनुभएको छ ।
प्रमुख प्रनाउ राणा भन्नुहुन्छ- ‘समाजमा कानुन विपरीत कार्य गर्ने र गराउने दुवै थरीलाई कानुनी दायरामा ल्याउन बालाजु यो अभियान कडाईकासाथ सञ्चालन गरेका छौं, हामी कोही कसैको दबाबमा नपरी, अनुहार नहेरी कर्तव्य पालनामा अहोरात्र खटिएका छौं ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij