आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भुटानमा नेपाली क्लव थ्री स्टार उपविजेता, अर्पणको टीमलाई उपाधि

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ११, २०७५



  • काठमाडौं । नेपाल यू–१९ टिमका कप्तान अर्पण कार्की सम्मिलित भुटानको पारो फुटबल क्लब जिग्मे दोर्जी बाङ्गचुक स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

    शुक्रबार भएको उपाधि भिडन्तमा पारो एफसीले नेपालको रुस्लान थ्री स्टारलाई १–० गोल अन्तरले पराजित गर्यो । पारोको जितमा एक मात्रै निर्णायक गोल चेन्चोले गरे । उनले खेलको ७३ मिनेटमा कर्नर बलमा हेडिङ गोल गरे ।

    गोलको अवसर सिर्जना गरेपनि थ्री स्टारले सदुपयोग गर्न सकेन । भुटानमा पहिलो उपाधि उचाल्ने थ्री स्टारको योजना विफल भयो ।

    यता, खेलभरी उत्कृष्ट प्रदर्शन गरेका नेपाली यू–१९ गोलरक्षक तथा कप्तान अर्पण कार्कीले भुटानमा पहिलो उपाधि उचाल्न सफल भए । उनी भुटान फेरि पनि भाग्यशाली सावित भए । यसअघि उनको कप्तानीमा नेपालले भुटानमा यू–१८ साफ च्याम्पियनसिप जितेको थियो ।

    यस्तै पारो एफसीले सेमिफाइनल र फाइलन दुबै नेपाली टिमलाई पराजित गरेको थियो । सेमिफाइनलमा पारोले विभागीय त्रिभुवन आर्मीलाई पराजित गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij