आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पुलिस तिलोत्तमा गोल्डकपको फाइनलमा, दाउफिन्ससित उपाधि भिडन्त

  • प्रकाशित मिति : शनिबार, फाल्गुन ११, २०७५



  • बुटवल, फागुन ११ । नेपाल पुलिस क्लब बुटवलमा जारी २१औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

    शनिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा च्यासल युथ क्लबलाई ३–१ ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो ।

    पुलिसको जितमा विक्रम धिमालले २ र रवि पासवानले १ गोल गरे । विक्रमले खेलको १५औं र ५७औं तथा रविले ८०औं मिनेटमा गोल गरेका हुन् ।

    खेलको अन्तिम मिनेटमा शान्तराम गुरुङले च्यासलका लागि १ सान्त्वना गोल फर्काएका थिए ।

    यसअघि, ५८औं मिनेटमा दोहोरो पहेंलोकार्ड खाँदै च्यासलका कप्तान आमिर श्रेष्ठ मैदानबाट बाहिरिएका थिए । च्यासल १० खेलाडीमा सीमित बनेको थियो ।

    २ गोल गरेका विक्रम ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

    उपाधि भिडन्त

    पूर्वविजेता पुलिसले अब उपाधिका लागि क्यामरुनको दाउफिन्स फुटबल क्लबको सामना गर्नेछ ।

    यसअघि, शुक्रबार भएको पहिलो सेमिफाइनलमा रुपन्देही–११ हराउँदै दाउफिन्स फाइनलमा पुगिसकेको छ ।

    प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुने आयोजकले जनाएको छ ।

    विजेताले नगद ८ लाख ८० हजार र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

    यस्तै, उत्कृष्ट खेलाडीलाई एकथान मोटरसाइकल, विधागतरुपमा उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने जिल्ला फुटबल सघ रुपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij