आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कानले नै दिन्छ यी रोगका संकेत

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • हाम्रो शरीरमा कतिपय यस्ता अंग हुन्छन्, जसले बिरामी हुनुपूर्व नै रोगबारे संकेत दिन्छन् । कान पनि त्यस्तै एउटा अंग हो । यदि कानको संकेतलाई समयमै पहिचान गर्न सके कैयौँ रोगबाट बच्न सकिन्छ। यी हुन् कानबाट थाहा पाउन सकिने चार रोग :

    डायबिटिज
    यदि लामो समयसम्म कानले कम सुन्न थालेमा सजग हुनुपर्छ । किनकि, डाइबिटिजका कारण पनि यस्तो हुन सक्छ । डाइबिटिज हुने समय रक्तसञ्चारको सन्तुलन बिग्रन जान्छ र कानसम्म सही ढंगले रगतको चाप पुग्न सक्दैन ।

    हर्ट डिजिज
    एक वा दुवै कानका ‘इअर लोब’ लत्रिन थालेमा सम्झनुपर्छ कि यो हर्ट डिजिजको समस्या हुन सक्छ । किनभने, कानको नसा शरीरका थुप्रै अंगका नसासँग जोडिएको हुन्छ । त्यसैले मुटुसम्बन्धी नसामा समस्या आएमा कान झोल्लिन वा लत्रिन सक्छ । त्यसैले यस्तो संकेत पाउनासाथ चिकित्सककहाँ जानुपर्दछ ।

    किड्नी डिजिज
    यदि तपाईंको कानको अकार बिग्रन थालेको छ भने पनि यो ठूलो रोगको संकेत हुन सक्छ । कानको आकार बिग्रनु भनेको मिर्गौलासम्बन्धी रोगको संकेत पनि हो ।

    फंगल इन्फेक्सन
    दुवै कानमा लामो समयसम्म चिलाउने समस्या भएमा भने फंगल इन्फेक्सन हुन सक्छ । फंगल इन्फेक्सनले कानमा निकै दुखाइको अनुभूतिसमेत गराउँछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij