आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

ओठको कालोपन यसरी हटाउँनु होस्

  • प्रकाशित मिति : आइतवार, फाल्गुन १२, २०७५



  • अनुहारलाई सुन्दर बनाउने एक महत्वपूर्ण अंग ओठ पनि हो । अनुहारका अन्य भाग राम्रो भए पनि ओठ कुरुप छ भने त्यसलाई सुन्दर मान्न सकिदैन। अथवा सुन्दरतामा निखार ल्याउने प्रमुख अंग ओठ नै हो।

    कतिपय महिला र पुरुषले ओठको कालोपनबाट निकै समस्या भोगिरहेको बताउँछन् । ओठको कालोपन लुकाउन महिलाले लिपिस्टिक वा लिपवाम अथवा मोस्चराइजर र अन्य सौन्दर्यका सामाग्री प्रयोग गर्ने गर्छन । तर, यस्ता समाग्रीले ओठको कालोपन हट्नुको साटो झन् बढेर जान्छ । ओठको कालोपन दुईदेखि चार दिनमै हटाउने केही घरेलु उपाय बारे जानौं ।

    चुकन्दर = ओठको कालोपन हटाउन चुकन्दर निकै नै उपयोगी फल हो । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाफी र चम्किलो हुन्छ र ओठको कालोपन पनि हराएर जान्छ ।

    दुधको तर = दुधको तर पनि ओठको लागि निकै फाइदाजनक हुन्छ । यसले ओठको सुक्खापन हटाउनुका साथै कालोपन पनि कम गर्छ । दूधको तर लगाउनका लागि थोरै तरमा एक चिम्टी बेसारको धुलो मिसाएर नियमित रूपले राती सुत्ने बेला ओठमा लगाएर मसाज गर्ने ।

    यो घरेलु उपायले तपाईंले केही दिन मै आफ्नो ओठको कालोपन गायब भएको र ओठ मुलायम र गुलाफी भएको पाउनु हुन्छ ।

    गुलाफको फूल ओठको कालोपन हटाउनका लागि गुलाफको फुल एक उत्तम उपाय हो । यसको नियमित प्रयोगले ओठको रंग हल्का गुलाफी र चम्किलो हुन्छ । तपाईंले गुलाफको फूलको पेस्टमा थोरै मात्रामा ग्लिसिरिन मिसाएर पनि लगाउन सकिन्छ ।

    कागती = ओठको कालोपन हटाउन कागतीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसका लागि निचोरेको कागतीको बोक्रालाई ओठमा बिहान र साँझ रगड्नुपर्छ । कागतीको बोक्राले ओठको मसाज पनि गर्न सकिन्छ ।

    मह = महको लेप ओठमा लगाउँदा कालोपनबाट छुट्कारा पाउन सकिन्छ । त्यसका लागि थोरै मह लिएर विस्तारै–विस्तारै ओठमा मसाज गर्नु पर्छ । ३ देखि ४ दिनसम्म नियमित यसो गर्नाले नतिजा सकारात्मक देखिन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij