प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५
बुटवलको अमरपथमा रहेको शंकरप्लाजामा आगलागी भएको छ।
आईतबार राति करिब ९ बजे लागेको आगो सवा ११ बजे मात्र नियन्त्रणमा आएको छ।
स्थानीयका अनुसार ५ सय मिटरको दुरिमा रहेको बुटवल उपमहानगरपालिकाको दमकल समयमा पुगे पनि नेपाल विद्युत प्राधिकरणले समयमै बिद्धुतीय लाईन नकाट्दा दमकलले आगो निभाउन समय लागेको थियो।
आगो शुरू भएको एक घण्टा पछि मात्र विद्युत लाईन काटेपछि बल्ल दमकलले आगो निभाउन शुरू गरेको थियो ।
विद्युत सर्ट भइ शंकर प्लाजामा रहेको लोयल होटलबाट सुरू भएको आगोले होटल सँगै प्रभु बैंकको एटीएम र बिन्दवासिनी फेन्सीमा क्षति पुगेको छ। यद्यपि आगलागिको क्षति कतिको भयो भन्ने बारे विवरण आईनपुगेको प्रहरीले जनाएको छ।
आगोलागी भएको शंकरप्लाजा अगाडि प्रहरी बिट र नेपाली सेनाको कम्प्लेक्स भवन रहे पनि विद्युत प्राधिकरणको ढिलासुस्तिले आगो नियन्त्रण गर्न ढिलाइ भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन्।
आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका २ वटा सँगै शिद्धार्थनगर, लुम्बिनी र रामग्राम नगरपालिकाबाट थप तीन वटा दमकल र खानेपानी सप्लायर्सको ट्याङ्करसमेत आएका थिए ।
आगलागिबाट मानवीय क्षती भने नभएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागी भएपछि होटलमा रहेका मानिसलाई भर्याङ लगाएर बाहिर निकालिएको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij