मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

अक्जिसनको कमीले हुनसक्छ यस्तो रोग

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५



  • जानकारहरु भन्छन्, काठमाडौंको वायुमन्डलमा अक्जिनको मात्रा कम छ । मानविय हस्तक्षेपको कारण प्राकृतिक सम्पदा मासिदो छ। रुख-जंगल पातलिदैछ। यान्त्रिक कलकारखाना, उद्योग, गाडी हावी भएको छ।

    यहि कारण वायुमन्डल प्रदूषित हुँदैछ। अर्थात राजधानीवासीका निम्ति पर्याप्त अक्जिसन छैन । राजधानी मात्र होइन, अधिकांश शहरी क्षेत्रको अवस्था यस्तै छ।

    अक्सिजनले के गर्छ ?

    शरीरका भित्री अंगहरुले सही ढंगले कार्यसंचालन गर्न र गराउनका लागि अक्सिजनको उपस्थिती चाहिन्छ । शरीरमा अक्सिजनको आपूर्ति रगतको माध्यामबाट हुन्छ ।

    जब शरीरमा पर्याप्त अक्सिजन पुग्छ, शरीर निरोगी हुन्छ । तन्दुरुस्त हुन्छ । जसरी पोषिलो खाना, शुद्ध पानीको आवश्यक हुन्छ, जीवनका निम्ति त्यो भन्दा बढी अक्सिजन आवश्यक हुन्छ । वायुमन्डलबाट हामी अक्सिजन निशुल्क रुपमा ग्रहण गरिरहेका हुन्छौं।

    हाम्रो शरीरले त्यतिबेला मात्र सुचारु रुपले काम गर्न सक्छ, जब शरीरका सम्पूर्ण अंगहरुमा आवश्यक्ता अनुसार अक्सिजको आपूर्ति हुन्छ ।

    के हुन्छ अक्सिजन नपुग्दा ?

    शरीरमा जब अक्सिजनको कमी हुन्छ, त्यसलाई हाइपोजेमिया वा हाइपोक्सिया भन्ने गरिन्छ।

    शरीरीक कमी तथा केही रोगका कारण शरीरमा अक्सिजनको स्तर आवश्यक्ता भन्दा कम हुने गर्दछ । यसलाई चिकित्सकिय भाषामा हाईपोजेमिया वा हाईपोक्सिया भन्ने गरिन्छ । हाईपोजेमिया भएमा विरामीलाई सास लिनमा समस्या हुने गर्छ ।

    शरीरमा अक्सिजनकेा स्तर

    सामान्यतया शरीरमा अक्सिजनको स्तर ९५ देखि १०० प्रतिशतसम्म हुने गर्छ । जब शरीरमा अक्सिजनको स्तर ९० प्रतिशत भन्दा कम हुन्छ, त्यसलाई अक्सिजनको कमी भन्ने मानिन्छ । आज्मा, दम लगायतका समस्या भएका विरामीमा अक्सिजनको कमी हुने सम्भावना बढी रहन्छ । शरीरमा अक्सिजनको स्तर कायम राख्न आज्मा, दम जस्ता समस्यालाई नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

    के गर्ने त ?

    शरीरमा अक्सिजनको मात्रा कम हुन नदिन समय समयमा अक्सिजनको स्तर जाँच गर्न आवश्यक छ । रगतको जाचद्धारा पनि शरीरमा भएको अक्सिजनका स्तर मापन गर्न सकिन्छ । त्यस्तै, अक्सीमिटरद्धारा पनि शरीरमा अक्सिजनको स्तरको मापन गर्न सकिन्छ । अक्सिमिटरमार्फत रगतको जाच गर्न एउटा क्लिपलाई औलामा लगाएर रगतमा अक्सिजनको मात्रालाई छोटो स्कि्रनमा राखेर देख्न सकिन्छ ।

    हाइपोजेमियाका कारण

    हाइपोजेमिया जो कसैलाई हुनसक्छ । यद्यपी, यो समस्या कुनैपनि रोगबाट ग्रसित विरामीलाई हुने सम्भावना अधिक हुने गर्छ । जुन मानिसलाई आज्मा, निमोनिया वा फोक्सो सम्बन्धि समस्या छ, उनीहरु यसको जोखिममा हुन्छन् । यो रोगको सबैभन्दा मुख्य कारण शरीरमा आयरनको कमीका कारण हुने गर्छ ।

    हाइपोजेमियाका लक्षण

    – छाला निलो हुनु

    – छातीमा पिडा हुनु

    – सास लिनमा तकलिफ

    – विना कुनै शारीरीक परिश्रम पसिना आउनु

    – छाला रुखो हुनु

    कसरी बच्ने ?

    स्वच्छ वातावरण- अक्सिजनको कमी अनेक कारणले हुन्छ । यसमा वाह्य र आन्तरिक दुबै पर्छ । वायुमन्डल प्रदूषित भएमा पनि हामीले पर्याप्त अक्सिजन प्राप्त गर्दैनौ । त्यसैले हामी वस्ने वातावरण हरियाली, स्वच्छ हुनु आवश्यक छ ।

    खुला स्थान- साथै हामी बस्ने आसपासको क्षेत्र खुला हुनुपर्छ, जहाँ हावा सहज रुपले आउजाउ गर्न सक्छ । झ्यालढोका खुला हुनुपर्छ । घर अगाडि बगैंचा, हरियाली भए राम्रो हुन्छ ।

    प्राणायाम- प्राणायम विधीले सासलाई नियन्त्रणमा राख्न सकिन्छ । यसले शरीरमा अक्सिजन आपूर्ति गराउन सहयोग गर्छ।

    व्यायाम- दैनिक १० मिनेट व्यायाम गरेर तथा आयरनयुक्त खानेकुराको सेवन गरेर पनि शरीरमा हुने अक्सिजनको कमीबाट बच्न सकिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij