आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एक महिनामै दुब्लाउन चाहनुहुन्छ ? छोड्नुहोस् यस्ता सात बानी

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १३, २०७५



  • आजकाल धेरैजसो मानिसहरु आफ्नो बढिरहेको तौलका कारण चिन्तित छन् । यी मानिसहरु तौल घटाउनका लागि निकै कोशिस पनि गर्छन् तर उनीहरुको कोशिसले रंग ल्याउँदैन । यदि यो सूचीमा तपाईं पनि समावेश हुनुहुन्छ भने एकपटक आफ्नो दैनिक तालिकामाथि निगरानी गर्नुहोस् । कतै तपाईंको बढिरहेको तौल तपाईंको बानीका कारण नै भएको त होइन ।

    भारतीय सिनियर कन्सल्टेन्ट डा। दिप गोयलबताले त्यस्ता सात बानीबारे औंल्याएका छन् जुन तपाईंको तौल बढ्नमा जिम्मेवार रहन्छ । यस्ता बानीमाथि ध्यान दिएर तपाईंले बढिरहेको तौलमाथि नियन्त्रण गर्न सक्नुहुन्छ ।

    १. बसिरहनुः
    एक घण्टा लगातार बसिरहनुहुन्छ भने एक महिनामा तपाईंको तौल एक किलो बढ्छ । त्यसकारण लगातार नबस्नुहोस् । अफिसमा तपाईं बसेर काम गर्नुहुन्छ भने छिनछिनमा हिँड्ने गर्नुहोस् ।

    अमेरिकाको लुसियाना विश्वविद्यालयको अनुसन्धानका आधारमा धेरै बेरसम्म बसिरहँदा शरिरमा नराम्रो कोलेस्ट्रोल र बोसो बढ्दछ जसले मोटोपना तिब्र रुपमा बढ्ने गर्दछ ।

    २. टीभी हेरेर खानुः
    यदि तपाईंको टिभी हेरेर खाने बानी छ भने आजैदेखि यसलाई छोड्नुहोस् किनभने टीभी हेर्दै खानुहुन्छ भने तपाईंको तौल एक महिनामा ६ सय ग्राम बढ्दछ ।

    टिभी हेर्दै र फोनमा कुरा गर्दै खादाँ हामीले थाहै नपाई धेरै खानेकुरा खाइरहेका हुन्छौं । कुनै अनुसन्धानका अनुसार यदि खानेबेला हाम्रो ध्यान खानामा केन्द्रित हुँदैन भने हामीलाई सन्तुष्टि मिल्दैन । यसो गर्नाले खाना खाएको केही बेर पछि नै भोक लाग्दछ र हामीले थाहै नपाई धेरै खाइरहेका हुन्छौं ।

    ३. सुत्नुभन्दा पहिले खानुः
    सुत्नुभन्दा पहिले खाना खानुहुन्छ भने तपाईंको तौल करिब ८ सय ग्राम बढ्छ । सुत्नुभन्दा कम्तीमा पनि एकघण्टा अघि खाना खानुहोस् । राती सुत्नुभन्दा पहिले खाना खान मनलाग्छ भने त्यो भोकको कारणले नभई तनाव वा बानीका कारण हुने गर्दछ । खाएर तुरुन्तै सुत्नुहुन्छ भने शरिरमा क्यालोरी खर्च हुँदैन र तपाईंको तौल बढ्ने गर्दछ ।

    ४. राती अबेर सुत्नुः
    राती अबेर सुत्दा पनि महिनाभरीमा ८ सय ग्राम तौल घट्दछ । राती अबेरसम्म नसुत्ने बानी यदि छ भने हटाउनुहोस् । राती अबेरसम्म नसुत्दा हाम्रो ‘बडी क्लक’ तलमाथि हुने गर्दछ जसले शरिरमा हर्मोन्सको ब्यालेन्स बिगार्नुका साथै मेटाबोलिजम सुस्त हुने समस्या आउँछ । यसले तौल बढ्न सहयोग गर्दछ ।

    ५. कम सुत्नुः
    पर्याप्त मात्रामा शरिरले निन्द्रा नपाउँदा महिनाभरी ८ सय ग्राम तौल बढ्छ । आफ्नो निन्द्राको आवश्यकतालाई इग्नोर नगर्नुहोस् । शरिरको क्रियालाई सही राख्नका लागि दैनिक ७ देखि ८ घण्टाको निन्द्रा आवश्यक छ । योभन्दा कम सुत्नुहुन्छ भने शरिरमा तौल बढाउने हर्मोन्सको मात्रामा वृद्धि हुन्छ ।

    ६.धेरै नुन खानुः
    अत्यधिक नुन खाँदा महिनाभरीमा तपाईंको तौलमा २ सय ग्रामको वृद्धि हुन्छ । अत्यधिक नुन वा धेरै नुनिलो खानेकुरा खानबाट बच्नुहोस् । धेरै नुनका कारण वाटर रिटेन्सन ९शरिरमा पानीको व्यालेन्स बिग्रने० को समस्या हुनसक्छ । यसले शरिर सुन्निने र तौल बढ्ने गर्दछ ।

    ७. हिँड्नबाट बच्नुः
    दिनभरीमा १ किलोमिटर पनि हिँड्नुहुँदैन भने तपाईंको तौल महिनाभरी ६ सय ग्राम बढ्छ । यदि धेरै टाढा जानुछैन भने गाडीको सट्टा पैदल यात्रा गर्नुहोस् । दैनिक १ किलोमिटर पैदल यात्रा गर्दा १ सय क्यालोरी खर्च हुन्छ जसले तौल घट्न सहयोग गर्दछ ।
    रोचकखबर डट कमबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij