आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बन्दागोभीको सेवनबाट घट्छ तौल

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन १४, २०७५



  • बन्दागोभीको स्वाद मन नपराउने सायदै कोही होलान् । चाउमिनलाई स्वादिलो बनाउन होस् वा तरकारी नै किन नहोस् बन्दागोभी जुनसुकै रुपमा पनि स्वादिलो हुन्छ । अझ केही मानिस त बन्दाकोभीलाई सुप बनाएर पनि पिउने गर्छन । बन्दागोभी जति स्वादिलो हुन्छ त्यो भन्दा बढी मानव स्वास्थ्यका लागि गुणकारी छ ।

    जानौं बन्दागोभीका फाइदाहरू :

    तौल व्यवस्थापन गर्छ : व्यवस्थित रुपमा बन्दाकोभी सेवन गरे मोटोपना घट्ने विभिन्न अध्ययनले जनाएका छन् । यसले शरीरमा भएको क्यालोरीको मात्रालाई कम गराउँछ । जसबाट मोटोपना घट्ने अध्ययनको रिर्पोटमा उल्लेख छ।

    क्यान्सरको जोखिम घटाउँछ : बन्दागोभीमा भएको आइसोसाइनेट्सले शरीरको एस्टोजिन मेटाबोलिज्मको प्रक्रियालाई तिव्र बनाइ क्यान्सरको जोखिमबाट बचाउँछ । साथै यसमा डिनडालिमेथेन (डीआईएम), सिनीग्रिन, ल्यूपेल, सल्फोरेन र इडोल ३ कार्बीनाल जस्ता तत्व पाइन्छ । यी सबै तत्वले क्यान्सरको जोखिम कम गर्छ ।

    छालालाई स्वस्थ बनाउँछ : नियमित बन्दागोभी सेवन गर्नेको छाला स्वस्थ हुने चिकित्सकहरूको भनाइ छ । बन्दागोभीमा एटीआक्सिडेट्स पाइन्छ । राम्रोसँग सफा गरेर खाए छाला स्वस्थ रहनुका साथै अनुहारको चमक पनि बढ्छ ।

    कपालका लागि फाइदा : कपाल बढ्न भिटामिन ई आवश्यक पर्छ । जुन भिटामीन बन्दागोभीमा अधिक हुन्छ । बन्दागोभीको जुसले शरीरमा सल्फरको कमी पुरा गर्छ जसले कपाल बलियो हुन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij