मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सवारी दुर्घटनामा परी ९ जनाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५



  • काठमाडौं । लम्जुङ, कपिलवस्तु, रौतहट, रुपन्देही, बारा, चितवन, धनुषा र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

    लम्जुङ, मर्स्याङदी गाउँपालिका ९ सेग्ले ढुङगाखानीमा लु ४ त १३५५ नम्बरको ट्याक्टरको टेलरमा च्यापिन जादाँ चालक कास्की पोखरा लेखनाथ महानगरपालिका ३२ बस्ने २४ वर्षीय रावल बिकको मंगलबार दिउसो घट्नास्थलमानै मृत्यु भएको छ।

    ढुङगा लोड गर्ने क्रममा ट्याक्टरको हाड्रोलिकमा समस्या आई बनाउने क्रममा उक्त ट्याक्टरको टेलरले च्यापिएर बिकको मृत्यु भएको हो।

    कपिलवस्तु, बाणगंगा नगरपालिका(२ पिपरा कलौनी चोकस्थित सडकमा ना ४ ख ५३५५ नम्बरको ट्रकले लु ४४ प ३७०० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सैनामैना नगरपालिका १० बस्ने २३ वर्षीय सुरज थारुको लुम्बिनी अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    त्यस्तै रौतहटमा गरुडा नगरपालिका ८ जिङडिया सिबानी पेट्रोल पम्पस्थितमा गरुडाबाट जिगडियातर्फ जाँदै गरेको नेपाल प्रहरी स्कुल जिगडियाको बा १ ग २१७९ नम्बरको बसलाई बिपरित दिसाबाट आएको ना ३ ख ७४१४ नम्बरको ट्रकले मंगलबार साँझ ठक्कर दिँदा गम्भीर घाइते भएका बसमा सवार ३ वर्षीय बिद्यार्थी प्यारालिन राईको भरतपुर अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको छ।

    दुर्घटनामा घाइते भएका बस चालक समेत ११ जना मध्ये ३ जना उपचार पश्चात डिश्चार्ज भएका छन् भने बाँकी ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    रुपन्देही, तिलोत्तमा नगरपालिका ३ ड्राइभरटोलस्थित सडकमा लु १८ प १३०८ नम्बरको मोटरसाइकललाई लु १ ख ६८१९ नम्बरको ट्रकले मंगलबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार १८ वर्षीया प्रज्ञा ज्ञवालीको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ।

    साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकको बुवा सोही नगरपालिका १३ बस्ने ५४ वर्षीय हरि ज्ञवालीको सोही अस्पतालमा उपचार भइरहेको छ। फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

    त्यस्तै बाराको कलैया उपमहानगरपालिका २ दोहरीपकडी भन्ने स्थानमा हाल नम्बर नखुलेको ट्याक्टरले साइकलयात्री सोही स्थान बस्ने ५० वर्षीय ईनरदेब यादबलाई मंगलबार राति ठक्कर दिँदा गम्भीर घाइते भई उपचारको लागि कलैया अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। फरार ट्याक्टर र चालकको प्रहरीले खोजी गरिरहेको छ।

    चितवनको भरतपुर महानगरपालिका ३ शहिद चोकस्थितमा ग २ च ४६०० नम्बरको एम्बुलेन्सले ना १ ज ७७७३ नम्बरको म्याजिक भ्यानलाई मंगलबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका म्याजिकमा सवार गोरखा पालुङटार नगरपालिका १ बस्ने ५५ वर्षीय सन्तमान श्रेष्ठको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ।

    दुर्घटनामा घाइते भएका म्याजिक चालक तँनहु श्यामघाट ६ बस्ने १९ वर्षीय प्रबिण कुमार श्रेष्ठ समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स प्रहरीको नियन्त्रणमा रहेको छ भने फरार एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ।

    त्यस्तै धनुषाको मिथिला नगरपालिका ६ ढल्केवर चोकस्थित सडकमा ना ६ ख ९४२९ नम्बरको ट्रकले ना ५ ख ४९६ नम्बरको बसलाई बुधबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका भारत मोतिहारी मोहिवाहि बस्ने ३० वर्षीय उदेश ठाकुर र धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने ४० वर्षीय शिवकला देवी मण्डलको लालगढ मोडल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

    दुर्घटनामा घाइते भएका अन्य ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    त्यस्तै सिराहा, सुखिपुर नगरपालिका २ आमचोकस्थित सडकमा सोही स्थान बस्ने ६० वर्षीया सुन्दरवती यादबले भैसि डोराई बाटो काट्ने क्रममा मंगलबार राति को ११ प १९६८ नम्बरको मोटरसाइकलले भैसीलाई ठक्कर दिँई भैसी भाग्ने क्रममा सुन्दरवतीलाई भुईमा लडाई दिँदा गम्भीर घाइते भई उपचारको लागि न्युरो बिराटनगर लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको छ। मोटरसाइकल र चालक सप्तरी कृष्णश्रवण गाउँपालिका ४ बस्ने २५ वर्षीय रुपेशकुमार सिहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij