मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सुत्केरी महिलालाई बोक्सी भन्दै पन्यु तताएर घन्टौं समयसम्म निर्मम कुटपिट गरेपछि..(भिडियो सहित)

  • प्रकाशित मिति : बुधबार, फाल्गुन १५, २०७५



  • काठमाडौं । समाजमा हिंसाका घटनाहरु नियन्त्रण गर्ने बिभिन्न निकायले वर्षौंदेखि काम गर्दै आएका छन्। बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका घटना पनि दैनिक जसो बढ्दै गएका छन्।

    त्यसै क्रममा आइतबार १२ गते दोलखा घर भई हाल काठमाडौँको भीमसेनथान बस्दै आएकी रस्मी उपरकोटीमाथि बोक्सीको आरोपमा एक माताले निर्मम तरिकाले कुटपिट गरेकी छन्।

    माता कविता श्रेष्ठले आइतबार राती ९ बजे देखि १२ बजेसम्म पन्यौँ तताएर डाम्दै पिटेको पीडित रश्मी उपरकोटीले जानकारी दिएकी छिन्। तीन महिनाकी सुत्केरी रश्मीमाथि निर्मम कुटपिट हुँदा पनि अरु १२ जना जसले उनलाई माताकोमा लगेका थिए उनीहरुले पनि टुलुटुटु हेरी बसे भन्दै उनी भक्कानिइन्।

    मंगलबार रश्मी बिहानदेखि प्रहरी परिसर हनुमान ढोका न्याय माग्न आएकी थिइन्। रश्मीको जिउ भरी निल डाम, र अनुहार भरी पुरै डामिएको, ३ महिनाको सुत्केरी महिला सानो नानू लिएर प्रहरी परिसरको क्यान्टिनमा रुदै थिइन। तर उनलाई निर्मम कुटपिट गर्ने माता भने फरार भएको खबर प्राप्त भएको छ।

    (भिडियो सहित)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij