प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५
मेष
समयले पूर्ण साथ दिने देखिन्न तर सुधारका संकेत भने देखिने छन् । विभिन्न खालका समस्या सँग खेल्नु पर्नेछ । घरमा बस्न मन लाग्ने छैन । गरेको लगानीबाट प्रतिफल कमै मिल्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । मानसिक तनावमा कमि आउला ।
वृष
समयको सदुपयोग गर्न पछि पर्नु हुनेछ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । गलत विचार बढ्नेछ । स्वास्थ्य प्रतिकुल हुने हुदा खानपानमा विचार पु¥याउनु होला । विश्वासमा परेर काम गर्दा उपलब्धि गुमाउनु पर्नेछ । इज्जत प्रतिष्ठाको ख्याल राखेर काम गर्दा उचित होला।
मिथुन
समयको गति सगै काममा सुधार आउनेछ । नयाँ नयाँ कामले प्राथमिकता पाउनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । आयत निर्यात व्यापार व्यवसायमा सुधार आउनेछ । विदेश यात्राको योजना बन्न सक्छ । पारिवारिक भेटघाट बढ्नेछ । लेनदेन कारोवार गर्दा भने सोच विचार गर्नु होला । इष्टमित्रको भर परेर काम नगर्नु होला ।
कर्कट
समयले पूर्ण साथ दिने छैन । सहज रुपमा कहि कतै केहि हुने छैन । संघर्षबाट मात्रै सफलताका सिढि चढ्न सकिनेछ ।
मनमा एक प्रकारको भय त्रास रहि रहनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीको काममा बक्रदृष्टि पर्न सक्छ । लगानी नबढाउनु होला । अरुको भरमा काम नगर्नु होला अवसर गुम्नेछ ।
सिंह
समय त्यति अनुकुल देखिन्न । हेलचक्र्याई नगरि काम गर्नु होला । आफन्तका कारण धन खर्च हुनेछ । व्यापार व्यवसायबाट आम्दानीको तुलनामा खर्च बढि हुनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत सवित हुनेछ । के गर्ने के नगर्ने भन्ने अन्योलता बढ्न सक्छ । यात्रामा समस्या आउनेछ । पढाई र सन्तानको बारेमा बढि चिन्ता हुनेछ ।
कन्या
पूर्वान्ह अनुकुल छ समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गरेमा अवसर गुम्ने सम्भावना रहन्छ । अपरान्हबाट समयले कम साथ दिनेछ । घरयासी समस्या बढ्ने छन् । भौतिक सुख सुविधामा कमि आउनेछ । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ । मनमा कुरा खेल्ने छन् । स्वास्थ्य कमजोर बन्नेछ ।
तुला
समय विस्तारै अनुकुल बन्दै आउनेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । साथी भाई इष्टमित्रबाट सहयोग मिल्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । गरेका कामबाट उचित प्रतिफल मिल्नेछ । तर काममा साना तिना समस्या भने आउनेछन् ।
वृश्चिक
समयमा लगनशिल भई गरेका काम सफल हुनेछन् । हेलचक्र्याई गर्दा दुःख पाइनेछ । विचारमा परिवर्तन आउनेछ । समयको गति सगै उपलब्धिका काम कम हुनेछन् । संचित धन नोक्सान हुनेछ । आफन्तबाट विश्वास घात हुनेछ । धन दिएर शत्रु नबढाउनु होला । व्यापारमा उधारो कारोबार नगर्नु होला ।
धनु
समयमा सुधार देखिन्छ । विगतमा रोकिएका कार्य योजना अगाडि बढ्ने छन् । सोच विचार अरुको भरमा नपरि भ्रम मुक्त भएर काम गर्नु होला । भोज भतेर सभा सम्मेलनमा सहभागिताको लागि निमन्त्रण आउनछ । स्पष्ट वोल्दा कहिले कहि आफुलाई अप्ठ्यारो पर्ने हुदा विचार पु-याउनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।
मकर
समयले धोका दिनेछ । अन्तिम चरणमा पुगेका काम पनि रोकिन सक्छन् । अरुको भर पर्दा दुःख पाईनेछ । विना हिसाव किताव चल्दा घाटा हुनेछ,हानी नोक्सानी बढि हुनेछ । काम गर्दा विभिन्न खालका समस्या आउने छन् । घर परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार,व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । श्रम खेर जानेछ ।
कुम्भ
समयले साथ दिने देखिन्छ । लगनशिल भई महत्वकाँक्षी नबनि काम गर्नु होला सफलता मिल्नेछ । वैदेशिक कार्य योजना आँशिक सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । कार्य क्षेत्रबाट बाहिर नजानु होला । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । विरोधीका कारण लाभान्वित हुने अवस्था आउन सक्छ ।
मिन
ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । अबरुद्ध योजना विस्तारै अगाडि बढ्ने छन् । वित्तिय कारोवारमा सुधार आउनेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । गएका ठाँउमा सामान्य मान सम्मान मिल्नेछ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij