मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दुर्घटना एउटै, मरण एउटै कसले सम्झिने उनलाई ? हार्दिक श्रदाञ्जली !

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५



  • काठमाण्डौं, १६ फागुन – एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव लिएर सेनाको एमआई १७ हेलिकोप्टर काठमाण्डौंका लागि उडेको छ । सुकेटार विमानस्थलबाट नेपाली सेनाको हेलिकोप्टर शव लिएर काठमाण्डुका लागि उडेको हो । मन्त्री अधिकारीसहित ७ जना सवार बुधबार पाथीभरा मन्दिर परिसरबाट उडेको हेलिकोप्टर एक मिनेटमै दुर्घटनामा परेको थियो ।

    मर्ने सबै बराबर हुन को नेता, को मन्त्रि, को जनता ? तर यहाँ मृत्यु फरक हो जस्तो गरिन्छ । कसैको मृत्यु पहाड भन्दा गह्रौँ कसैको हल्का फुल्का वा प्रायलाई थाहा नै हुन्न । मरण एउटै, दुर्घटना एउटै तर प्राय सोसल मिडियामा कि मन्त्रि कि ठुला बडालाई मात्र श्रदाञ्जलि दिएको भेटिन्छ तर आफ्नो कर्तब्यपालनको क्रममा ज्यान गुमाएका जमदार अर्जुन घिमिरेलाई कसले सम्झिने ?

    यहाँ सेनाका जमदार अर्जुन घिमिरे जो मन्त्रि रविन्द्र अधिकारीका सुरक्षाकर्मी (पिएसो) हुन । उनि पनि आफ्नो कर्त्यब्य पुरा गर्दै मन्त्रि संगै मृत्युवरण गरे । नेपाली सेनाका जमदारको बारेमा त्यहिँ खबर बाहिर आएका छैनन । अर्जुन घिमिरेको शोकसन्तप्त परिवारलाई पनि धर्य धारण गर्ने शक्ति मिलोस ! घिमिरेलगायत सबैलाई श्रद्धासुमन !

    तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि मन्त्री रविन्द्र अधिकारीसहितको टोली पाथीभरा दर्शनमा लागि गएको थियो । त्यहाँबाट फर्कने क्रममा दुर्घटनामा परेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij