प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५
काठमाडौं । हिउँदे याममा वर्षेनी चारैतिर सेताम्य हुने ‘भू-स्वर्गमा यो वर्ष पनि बीसौं पटक भन्दा बढी हिमपात भइसकेको छ।

समुन्द्री सतहबाट २७ सयदेखि ३२ सय मिटर उचाइमा रहेको खप्तड राष्ट्रिय निकुञ्जमा हिउँदे याममा मंसिरदेखि फागुनको महिनासम्म हिउ पर्ने गर्छ। यो वर्ष भने गत वर्षको भन्दापनि धेरै नै हिउँ परेको स्थानीय बताउँछन्।

१२ हजार फिट अग्लो खप्तडमा हिउँ पर्दा त्यहाँका जंगली जनावरहरु डोटी, अछाम, बझाङ्ग र बाजुराका केही बस्तीहरुमा जाने गर्दछन्। यो बेलामा चोरी सिकारीका घटनाहरु पनि बढ्ने गर्दछन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij