मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

भारोत्तोलनमा सप्तरी प्रथम

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५



  • सप्तरी । राजविराजमा आज सम्पन्न प्रदेश नं २ स्तरीय भारोत्तोलन प्रतियोगितामा सप्तरी नौ स्वर्ण पदकसहित पहिलो भएको छ ।

    सिरहा चार स्वर्णसहित दोस्रो तथा धनुषा र बारा दुई÷दुई स्वर्ण पदक जितेर तेस्रो भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेलले जानकारी दिए।

    प्रतियोगितामा पुरुषतर्फ १०९ किलो बढी तौल समूहमा बाराका आदर्शकुमार गुप्ता, १०९ किलोमा सिरहाका प्रताप चौधरी, १०२ किलोमा सप्तरीका राजेशकुमार झा र ९६ किलो तौल समूहमा धनुषाका उज्ज्वलकुमार मिश्रले स्वर्ण पदक जिते।

    यसैगरी ८९ किलो तौल समूहमा सप्तरीका रोशनकुमार साह, ८१ किलोमा बाराका सजारुद्दिन आलम, ७३ किलोमा सप्तरीका मनोजकुमार यादव र ६७ किलो तौल समूहमा धनुषाका अशोककुमार यादवले स्वर्ण पदक प्राप्त गरेका छन्।

    नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि सो छनोट प्रतियोगितामा ६ जिल्लाका १२ महिलासहित ५८ खेलाडीले प्रतिस्पर्धा गरेको नेपाल भारोत्तोलन सङ्घका सचिव एवं निर्णायक तिलकबहादुर राउतले जानकारी दिए।

    खेल आरम्भ हुनुअघि बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाप्रति मौन धारण गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij