आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

डन्डिफोर आयो ? ध्यान दिनुहोस् यी कुरा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन १६, २०७५



  • धुवाँ, धुलो र घामका कारण मानिसमा डन्डिफोर देखा पर्छ । डन्डिफोरबाट मुक्त हुनका लागि हामी यी तीन चिजबाट बच्न जरुरी छ । यसका साथै स्वस्थ जीवनशैली पनि डन्डिफोरका लागि औषधि हो । डन्डिफोर आएमा यस्ता कुरामा ध्यान दिन जरुरी छ ः

    बिहान उठेपछि र सुत्ने वेला फेसवास र क्लिन्जिङले राम्रोसँग सफा गर्ने बानी बसाउनुपर्छ । जुन पायो त्यही क्रिमले मेकअप गर्नु हुँदैन । किनभने मेकअपमा हुने गल्तीका कारण पनि अनुहारमा डन्डिफोर आउन सक्छ ।

    घरबाट बाहिर निस्कँदा क्वालिटीयुक्त सन्स्क्रिमको प्रयोग गर्नुपर्छ । अहिले बजारमा वाटरप्रुफ मेकअप सामग्री प्रशस्त पाइन्छन् । यस्ता मेकअप सामग्रीको प्रयोगले पसिनाले छालामा गर्ने हानिबाट पनि जोगाउँछ ।

    डन्डिफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने गर्नु हुँदैन । यसो गर्दा झन् समस्या बल्झन सक्छ ।

    दैनिक आठदेखि १० गिलास पानी पिउने बानी गर्दा डन्डिफोरबाट मुक्त हुन सकिन्छ ।

    मसाज जेल वा पाउडरले ५ मिनेटसम्म मसाज गर्दा पनि डन्डिफोरबाट मुक्त हुन सकिन्छ ।

    फेस स्टिम लिनुका साथै डन्डिफोर पनि सफा गरिरहनुपर्छ ।

    एन्टिपिम्पल्स फेसप्याकको प्रयोगले पनि यसको समस्याबाट छुटकारा मिल्न सक्छ । र, छालालाई सुक्खा बनाउने क्रिमको पनि प्रयोग गर्नुपर्छ ।

    यसो नगर्नुस्
    डन्डिफोरबाट ग्रसित मानिसले धेरै चिल्लो खाना, कपालमा तेल हालेर बस्ने, अनुहारको चिल्लो हटाउन क्लिन्जिङ प्रयोगलगायतका गतिविधि गर्नु हुँदैन ।

    नांगो छालालाई कपडाले राम्रोसँग छोपेर मात्र बाहिर हिँड्नुपर्छ र सकेसम्म ड्राइफुडको प्रयोग गर्नु हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij