मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

बेहुला देख्नासाथ बेहुलीले बिहे गर्न मानिनन्, त्यसपछि बेहुलीकी आमाले जे गरिन् सबैको होश उड्यो

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५



  • कानपुर। भारतको कानपुरमा विवाहको जयमालाको क्रममा बेहुला अधबैंसे उमेरको देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलातिर बरमाला फाल्दै बेहुलीले चिच्याउँदै भनिन् कि ‘मसँग धोका भयो ।’ यो देखेर त्यहाँ भएका घरतर्फका र जन्ती सबै पाहुना आश्चर्यचकित भए । यस क्रममा आमाले बिहे गर्न छोरीलाई निकै दबाब दिइन् तर छोरी आफ्नो फैसलामा अडिग रहिन् । त्यसपछि बेहुलीकी आमाले जे गरिन् त्यसले पूरै गाउँका मानिसहरु दंगदास छन् ।

    घटना कानपुर जिल्लाको भिसार गाउँको भएको भारतीय दैनिक भास्करको समाचारमा उल्लेख छ । यहाँकी १७ वर्षीया किशोरीले भर्खरै १२ कक्षाको परीक्षा दिएकी थिइन् । उनकी आमाले आगरामा बस्ने आफ्नी एक आफन्तका छोरासँग आफ्नी छोरीको बिहे तय गरेकी थिइन् । १० मार्चको दिन साँझ जन्ती आगराबाट बेहुलीको घरमा पुगेको थियो । जन्तीको स्वागतपछि जयमालाको तयारी सुरु हुँदै थियो ।

    जब बेहुली वरमाला लिएर स्टेजमा पुगिन्, उनी बेहुला देखेर रिसाइन् । नाबालिग किशोरी आफूसँग धोका भएको भन्दै चिच्याउन कराउन थालिन् । उनको कुरा सुनेर त्यहाँ भएका सबै चकित परे । परिवारले जब यसको कारण सोधे उनले चाहे जेसुकै होस् म यो बुढासँग बिहे गर्दिन भनेर अड्डी कसिन् । नाबालिग बेहुलीले भनिन् कि बिहेभन्दा अगाडि उनलाई जुन केटाको फोटो देखाइएको थियो अहिले आएको बेहुला त्यो थिएन ।

    चर त्यसको भोलिपल्ट बिहान जे भयो त्यो झनै आश्चर्यजनक थियो । जब छोरीलाई बिहेको लागि मनाउन आमा असफल रहिन्, उनी सबथोक छोडेर आफैं बेहुलासँग बिहे गरेर आगरा गइन् । नाबालिग छोरीका अनुसार तीन वर्ष पहिले उनका पिताको मृत्यु भएको थियो । उनका एक बहिनी र एक भाइ छन् । स्थानीय प्रहरी चौकीका इन्चार्ज राघवेन्द्र सिंहका अनुसार कन्ट्रोल रुममा दोब्बर उमेरका व्यक्तिसँग बिहे गराइन लागेको सूचना आएको थियो । किशोरी नाबालिग भएकोले उनीतर्फबाट कुनै उजुरी आए कारवाही हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij