आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विश्वकप २०२२ मा खेल्ने टिमको संख्या ४८, कतारमात्र होइन छिमेकी देशमा पनि खेल हुने

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २९, २०७५



  • काठमाडौं। आगामी विश्वकप फुटबल २०२२ मा कतारमा हुँदैछ । यसमा सहभागी टिमको संख्या बढाएर ४८ बनाउने तयारी गरिएको छ । यसअघि रुसमा भएको विश्वकपमा ३२ टिममात्र सहभागी भएका थिए । अहिलेसम्म भने ३२ टिम खेल्ने हिसाबमा कार्यक्रमको तयारी गरिएको छ । यद्यपि यो प्रतियोगितामा ४८ टिम पनि हुन सक्छन् । टिमको संख्या बढाउने प्रयास गरिएको भए पनि सम्भव नभएमा भने टिमको संख्या बढ्ने छैन । यस विषयमा जूनमा बस्ने फिफाको बैठकमा अन्तिम फैसला हुनेछ ।

    रिपोर्टका अनुसार फिफाले बढ्ने टिमका लागि बहराइन, कुवेत, ओमान, साउदी अरब र युएइमा नयाँ स्टेडियमको खोजी सुरु गरिसकेको छ । फिफाले आयोजक कतारसँग नै यी देशहरुसँग यस विषयमा छलफल गर्न भनेको छ । प्रतियोगिताको लागि बतारले ८ स्टेडियम बनाइरहेको छ । जुन ५ देशमा स्टेडियम खोजि भइरहेको छ ती स्टेडियमको दर्शक क्षमता कम्तीमा ४० हजार हुनुपर्नेछ । विश्वकपमा खेल्ने टिमको संख्या बढ्दा आयोजकहरुलाई करिब ४५ अर्ब रुपैयाँ फाइदा हुने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij