प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५
चितवन । धुर्मुस सुन्तली रंगशालाको काममा व्यस्त भएका छन। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थलमा मंगलवार र बुधवार निमार्णस्थलमा काममा व्यस्त भए। बालुवा बोक्ने, मसला बनाउने जस्ता बोक्दा उनीहरु हौसिएका थिए।
भरतपुर महानगरपालिका वडा नम्बर १५ निर्माण गर्न लागिएको रंगशाला बनाउन हास्य कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरेलाई भ्याईनभ्याई छ। सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए।
टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मस सुन्तली सँगै सिमेन्टको मसला वनाउने र वोक्ने उनीहरू दंग पनि परिरहेका थिए। निर्माणस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने। निरीक्षणका लागि पुगेका धुर्मुस सुन्तली कामदारसँगै काममा लागीपरेका थिए।
टेलिभिजनको पर्दामा देखिएको मनपर्ने कलाकार ‘धुर्मस सुन्तली सँगै सिमेन्टको मसला वनाउने र वोक्ने उनीहरू दंग पनि परिरहेका थिए। निमार्णस्थल पुगेका धुर्मुस देखेर कामदार अचम्मित बने। निरीक्षणका लागि पुगेका धुर्मुस सुन्तली कामदारसँगै काममा लागीपरेका थिए।
निर्माण स्थललाई जस्ताले घेरिएको छ। अहिले प्रारम्भिक चरणको काम भईरहेको छ। उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आँफै कार्यक्षेत्रमा खटिएर काम श्रम दान समेत गरिरहेका थिए। भरतपुर महानगरपालिका–१५ स्थित शान्ति चोकमा रंगशाला निर्माण गर्न लागिएको छ। कट्टेल र घिमिरे दुबैजना एकै ठाउँमा बसेर स्थानीयहरु संग भेटघाट पनि गरिरहेका थिए।
निर्माण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन्। रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए। उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ।
३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनले बताए। नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले आग्रह गरे।
‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने, ‘यो देश विकासका लागि सबै एक हुने समय आएको छ। अव देश वनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिए पछि अव विकासको आन्दोलनमा सबै सहभागि हुन जरुरी छ।’
अहिले आर्थिक संकलनको काम पनि भईरहेको बताउँदै उनले देश भरीबाट कसरी आर्थिक संकलन गर्ने भन्ने विषयमा सोच वनाई रहेको घिमिरेले जानकारी दिए। बिदेशबाट पनि सहयोग आउने क्रम जारी रहेको बताउँदै उनले शिलान्यास गरेको दुई वर्षमा रंगशाला निर्माण हुने बिश्वास दिलाए।
अहिले रंगशाला निर्माणका लागि तीन तहबाट काम भईरहेको छ। निर्माण स्थलमा प्रारम्भिक चरणमा काम भईरहेको छ भने बिज्ञहरु संग परामर्स पनि जारी छ। आर्थिक संकलनको काम पनि भईरहेको छ। अहिले त्यहा फाउण्डेसनका तर्फबाट २५ जना कर्मचारी परिचालन भएका छन् भने दिनहु जसो स्थानीयहरुले श्रमदान समेत गरीरहेका छन्। दैनिक १ सय ५० जना जतिको हाराहारीमा श्रम दान हुने गरेको छ।
आँफ्नै छिमेकमा अन्तराष्ट्रिय रंगशाला निर्माण हुने भए पछि स्थानीय पनि उत्साहित छन्। रोजगारीका लागि बिदेश भिजा लागेका तीन जना युवाले भिजा समेत क्यान्सिल गरेर रंगशाला निर्माणमा जुटेका छन्। अहिले रंगशाला निर्माणको काम तीब्र गतिमा भई रहेको छ।
जसका कारण स्थानीयमा पनि उत्साह थपिएको छ। रंगशाला निर्माणका लागि ५ करोड ५० लाख भन्दा वढी आर्थिक संकलन भईसकेको छ भने अन्य संकलन हुने क्रम जारी छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij