आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

थ्रीस्टारलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • इलाम, फागुन २९ । हिमालयन शेर्पा क्लब इलाममा जारी ‘पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    बुधबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा थ्रीस्टार क्लबलाई ३–१ ले पराजित गर्दै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    थ्रीस्टारका कप्तान अनिल गुरुङले खेलको १४औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, १९औं मिनेटमा हिमालयनका विजय श्रेष्ठले गोल गरी खेल बराबरीमा ल्याए ।

    खेलको ६८औं मिनेटमा हिमालयनका त्रिभुवन गुरुङले गोल गर्दै टिमलाई पुनः अग्रता दिलाए । हिमालयनकै सुनील खड्काले ७५औं मिनेटमा गोल गर्दै टिमको जित सुनिश्चित गराए ।

    खेलको ‘म्यान अफ दी म्याच’ हिमालयन शेर्पाका विदेशी खेलाडी रामसेइ घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

    प्रतियोगिताअन्तर्गत् बिहीबार हुने तेस्रो क्वार्टरफाइनमा सशस्त्र प्रहरीको एपीएफ क्लब र क्यामरुनको दाउफिन्स फुटबल क्लब भिड्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij