प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५
डोटी । शिक्षण अस्पताल काठमाडौंमा उपचार पार्वतीदेवी थापाको उपचारको लागि खर्च जुट्दै गएको छ।
डोटीको सायल गाउँपालिका ३ की थापा भीरबाट लडेर गम्भिर घाइते भएपछि उनको उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्। भारतको जोतपुरमा रहेको सुदूरपश्चिमेली समाजको अगुवाईमा संकलन गरिएको ३० हजार रकम घाईते पार्बतीदेबी थापाका पति हरिपाल थापालाई हस्तान्तरण गरिएको छ।
चेम्वर अफ कमर्श डोटीका अध्यक्ष खगेन्द्रबहादुर साउद र सचिब तेजबहादुर डुम्रेलले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्। यहि फागुन १ गते भिरबाट लडेर गम्भिर घाईते भएकी थापालाई जिल्ला अस्पताल सिलगढी, सेती अन्चल अस्पताल धनगढी र नेपालगञ्ज मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि त्रिभुवन बिश्व विद्यालय, शिक्षण अस्पताल काठमाडौं पुर्याइएको हो।
उनको उपचारमा अहिलेसम्म २ लाख ५० भन्दाबढी खर्च भइसकेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij