आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सेक्स किन आवश्यक छ,? नत्र देखिन सक्छ यस्ता समस्या!

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ३०, २०७५



  • तपाईले विभिन्न समयमा सुुन्दै आउनुभएको होला की नियमित यौनसम्पर्कले स्वास्थ्यमा फाइदा गर्छ भनेर । त्यो सत्य पनि हो । तर नियमित यौनसम्पर्क नगरे चाहीँ के हुन्छ । यौन विशेषज्ञहरुका अनुसार नियमित यौनसम्पर्क नगर्दा शरीरमा विभिन्न मानसिक र शारीरिक समस्या देखा पर्न थाल्छ ।

    मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो । यौनसम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलवाड गर्नु भएको चिकित्सकहरु बताउँछन् ।

    नियमित सेक्स नगर्ने व्यक्तिमा देखिन सक्छ यस्ता स्वास्थ्य समस्याः

    तनाव
    नियमित यौनसम्पर्क गर्न छोडेपछि देखिने पहिलो समस्या भनेको तनाव हो । यस्तो अवस्थामा सानो सानो कुराले पनि तनाव दिने विशेषज्ञहरुले बताएका छन् । एक अध्ययनले देखाए अनुसार जो व्यक्ति यौनसम्पर्कबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन । किनभने यौनसम्पर्क गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जसले तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

    डिप्रेशन
    नियमित यौनसम्पर्क नहुँदा पुुरुषको साथ साथै महिलाहरुमा पनि डिप्रेशन देखिन्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो यौनसम्पर्क गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

    रिसाहापन बढने
    व्यस्त तालिकाका कारण यदि कुनै जोडिले यौनसम्पर्कका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

    यौन दुर्वलता
    मियमित यौनसम्पर्क नगर्ने व्यक्तिमा यौन दर्वलता पनि देखिन सक्छ । सातामा कम्तीमा दुई पटक सेक्स गर्ने व्यक्तिमा नगर्नेको तुलनामा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) कम देखिएको एक अध्ययनको निश्कर्ष छ । किनभने यौनसम्पर्क पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

    रोग प्रतिरोधी क्षमता कमजोर
    सातामा कम्तिमा दुईपटक यौनसम्पर्क गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ । किनकी यसले आईजीएको लेभल बढछ जति कम यौनसम्पर्क नगर्नेमा हुने गर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij