मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

आगलागीबाट दश लाख भन्दा बढीको क्षति

  • प्रकाशित मिति : शुक्रबार, चैत्र १, २०७५



  • बर्दिवास । महोत्तरी जिल्लाको बस्तीमा चैत नलाग्दै भएको आगलागीले लाखौँको नोक्सान भएको छ । पछिल्ला दुई दिनयता जिल्लामा भएका दुई छुट्टाछुट्टै आगलागीका घटनामा रु १० लाखभन्दा बढी धनमालको क्षति भएको हो ।

    बिहीबार दिउँसो बर्दिवास नगरपालिका–५ चेरुको गैरीटोलमा रुद्रप्रसाद फुँयालको गोठघरमा आगलागी हुँदा बाख्रा–पाठा, भकारीमा राखिएको धान, मकैसहितको अन्नसँगै काठको गोठघर जलेर नष्ट भएको छ । फुँयालको गोठघर जल्दा रु तीन लाखभन्दा बढीको धनमाल नोक्सान भएको वडाध्यक्ष दलबहादुर थापाले जानकारी दिए ।

    गोठमा कुँडो पकाएपछि राम्ररी ननिभेको आगो वा बाटो हिँड्नेले ननिभाई फ्याँकेको चुरोटको ठुटाबाट आगलागी भएको हुनसक्ने घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिवासको उद्धार टोलीले जनाएको छ । आगो प्रहरी र स्थानीयवासीको प्रयत्नले नियन्त्रण भएको थियो ।

    यसअघि मङ्गलबार जिल्लाकै भङ्गाहा नगरपालिका–४ रामनगरका बिजुली ठाकुरको पक्कीघरमा विद्युत् चुहिएर आगलागी हुँदा लत्ताकपडा, धातुका भाँडाकुँडा र गरगहनासहित रु सात लाखभन्दा बढीको धनमाल क्षति भएको थियो । तराईमा प्रत्येक वर्ष चैत लागेसँगै बढ्ने आगलागीका घटनाले ठूलो धनजनको क्षति हुँदै आए पनि यसको नियन्त्रणको उपाय भने व्यवहारमा देखिन नसकिएको यहाँका सर्वसाधारणको गुनासो छ । जिल्लाका अधिकांश नगरपालिकामा अग्निनियन्त्रक दमकल नभएका र यसअघिदेखि दमकल रहँदै आएको जलेश्वर नगरपालिकाले मर्मत सम्भारमा ध्यान नदिँदा यसको उपयोग हुन नसकेको सर्वसाधारण बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij