प्रकाशित मिति : सोमवार, चैत्र ४, २०७५
काठमाडौं । आज सोमबार सुनको मूल्य झन् घटेको छ। गत शुक्रबार एकै दिन ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज पनि २ सय रुपैयाँ घटेको छ।
आज छापावाल सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि छापावाल सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।
काठमाडौँ उपत्यका बाहेकका जिल्लामा नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij