मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

सवारी दुर्घटनामा ५ जनाको मृत्यु

  • प्रकाशित मिति : सोमवार, चैत्र ४, २०७५



  • काठमाडौं । चितवन, धादिङ, डडेल्धुरा, सिराहा र बझाङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

    चितवन रत्ननगर नगरपालिका १० स्थित निपनीचोकमा ना.४ च ५००७ नम्बरको बलेरो गाडीले सोमबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका १ बस्ने १६ वर्षीय बसन्त थापाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बलेरो गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    यस्तै धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ तिलारस्थित सडकमा ग.१ ख ५९५९ नम्बरको ट्रक अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा सोही गाउँपालिका ७ बस्ने २८ वर्षीय अर्जुन भुजेलको घटनास्थलमै मृत्यु भएको छ । सोही दुर्घटनामा घाइते भएका ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र सल्यान्टारमा उपचार भइरहेको छ ।

    डडेल्धुराको गन्यापधुरा गाउँपालिका ३ स्थित सडकमा बा।२ ख १६६५ नम्बरको हाईस रोकी राखेको अवस्थामा सडकबाट खसेर सोमबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका सायल गाउँपालिका ६ बस्ने २६ वर्षीय गणेश साउदको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएको छ ।

    सिराहा धनगढी नगरपालिका १० बजारस्थित सडकमा बा.७ च २७९२ नम्बरको कारले सोमबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही नगरपालिका बस्ने जितेन्द्र मिश्रको ७ वर्षीया छोरी पुजाकुमारी मिश्रको श्रमजिवी अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ । कार सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बझाङ खप्तर छान्न गाउँपालिका ७ स्थित सडकमा म.१ त १११७ नम्बरको ट्याक्टरबाटखसेर सोमबार बिहान गम्भीर घाइते भएका ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय लोकेन्द्र रोकायको जिल्ला अस्पताल बझाङमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij