मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिलाई विशेष व्यवस्था गर्न आग्रह

  • प्रकाशित मिति : सोमवार, चैत्र ४, २०७५



  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गताभित्र पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको क्षमता पहिचान गरी विशेष व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।

    आयोगले आज अपाङ्गताभित्र डाउन सिन्ड्रोम व्यक्तिको अवस्थाका बारेमा छलफल गर्न आयोजित अन्तरक्रियामा आयोगका सदस्य प्रकाश वस्तीले अपाङ्गगता भएका व्यक्तिमा पनि डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरुको विशेष क्षमताको पहिचान गरी सरकारले विशेष अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

    मानवअधिकारको अवस्था सम्बन्धमा आयोगबाट अनुगमन तथा प्रादेशिक तथा राष्ट्रिय सम्मेलन सम्पन्न गरी नेपाल सरकारलाई सिफारिशसमेत गरेको जानकारी दिँदै उनले अपाङ्गताको विषयसँग सम्बन्धित कानून, नीति तथा सन्धि, महासन्धिका प्रावधानको कार्यान्वयनमा सरकारको उदाशीनता रहने आरोप लगाए । आयोगले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षणलाई आयोगले प्राथमिकतामा दिँदै आएको बताए ।

    डाउन सिन्ड्रोम समाज नेपालका अध्यक्ष शीला थापाले डाउन सिन्ड्रोम अवस्थाका व्यक्तिहरु प्राथमिकतामा नपरेको, घरभित्र समेत भेदभावपूर्ण वातावरणको शिकार हुनु परेको, शिक्षा, स्वास्थ्य, रोजगारीको व्यवस्था तथा सुनिश्चितता हुन नसकेको बताए । उनले अपाङ्गताको अवस्थाअनुसार परिचयपत्र प्राप्त गर्न नसक्दा पहिचानको अधिकारबाट समेत वञ्चित हुनु परेको गुनासो गरे ।

    अध्यक्ष थापाका अनुसार मानव शरीरका कोषहरुमा ३३ जोडी क्रोमोजोम हुन्छ । तीमध्ये २१ नम्बरको क्रोमोजोममा जोडी नभएर तीन वटा हुँदा डाउन सिन्ड्रोम हुने गर्दछ । एउटा क्रोमोजोम बढी भएको बच्चामा डाउन सिन्ड्रोमको लक्षण देखिन्छ । यो रोग नभई शारीरिक अवस्था रहेको उनि बताउँछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij