प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५
मुग्लिन । चितवनको इच्छाकामनाबाट त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको ज्यान गएको छ। उक्त दुर्घटनामा परी ४ जना घाईते भएका छन्।
मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको ना६ख १४४ नंको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–५ स्थित २ नं पुलबाट आज बिहान ७ बजे त्रिशुली नदी किनारमा खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
दुर्घटनामा परी अन्य चार घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारका लागि भरतपुर अस्पताल लगिएको छ। घाइतेमध्ये दुई महिला रहेका छन्।
प्रहरीका अनुसार मृतकको परिचय खुल्न खुलेकोे छैन। ट्रक पुलबाट ५० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij