मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

घरमा मह राख्दा मिल्छ सकारात्मक उर्जा…यसो भन्छ शास्त्रले

  • प्रकाशित मिति : मङ्लबार, चैत्र ५, २०७५



  • एजेन्सी । घरमा मह राख्दा वातावरण सकारात्मक र शुभ हुने तथा कयौँ दोष हट्ने धार्मीक विश्वास छ। यसै कारण अधिकांश व्यक्तिले घरमा मह राख्ने गर्दछन्। जोतिषशास्त्रका अनुसार घरमा मह राख्दा अशुभ ग्रहको नराम्रो असर कमगर्दछ। आयुर्वेदमा पनि महको निकै फाइदा छ।

    यसको प्रयोग कयौँ विरामीका लागि लाभदायी रहने गर्दछ। यसको नियमित सेवनबाट शरीरलाई रोगबाट लड्ने शक्ति प्राप्त हुने गर्दछ।

    यदी घरमा कुनै प्रकारको नकारात्मक उर्जा भए महले सकारात्मक उर्जा प्रदान गरेर नराकात्मक प्रभाव हटाउने गर्दछ। महको प्रभावले परिवारका सदस्यमा पनि कुनै शुभ कार्य लाभ हुने सम्भावना प्रसस्त हुने गर्दछ।महलाई कुनै सुरक्षित स्थानमा राख्नु पर्दछ।

    पञ्चामृतमा हुन्छ महको प्रयोग
    भगवानको पुजामा कयौँ प्रकारका सामाग्रीको उपयोग गरिने गरिन्छ। जसमा महको पनि महत्वपूर्ण स्थान रहन्छ। पञ्चामृत बनाउने समय दुध, दही, घ्यू, चीनीका साथ साथ मह पनि मिलाउनु पर्ने हुन्छ। महको प्रयोग खासगरी शिवजीको अभिषेक गर्दा शिवलिंगमा अर्पित गरिने गरिन्छ। देवी देवतालाई मह चढाउदा राम्रो स्वास्थ र सुखी जीवनको आशिर्वाद प्राप्त हुने धार्मीक विश्वास छ।

    भगवानलाई मह चढाउदा ध्यान दिनु पर्ने कुरा
    भगवानलाई मह चढाउने समयमा आफ्नो मनले हामी पनि यही मह जस्तै पवित्र र पुण्य कर्म गछौँ भन्ने सोच्नु पर्दछ। हाम्रो चरित्र र व्यवहार पनि महजस्तै बनोस् भन्ने भावना मनमा जगाउनु पर्दछ। मह तरल भएर पनि पानीमा सजिलै घुलिदैन्। यो अलग गुणका कारण पनि धार्मीक कार्यमा महको उपयोग गरिन्छ। महलाई पञ्चतत्व मा आकाश तत्वको प्रतिक पनि मान्ने गरिन्छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij